राष्ट्राध्यक्ष सीद्वारा सैन्य कार्य स्थिरताका साथ अघि बढाउनुपर्ने र प्रतिरक्षाको लक्ष्य पूरा गर्नुपर्नेमा जोड

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १४-चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले चिनियाँ सेनाले विश्वासलाई सुदृढ पार्नुपर्ने कुरामा जोड दिनुभएको छ।

कठिनाईको समाधान गर्नुपर्ने, महामारीको प्रतिरोधको सामान्यीकरणको पूर्वाधारमा सेनाका विभिन्न कार्यलाई स्थिरताका साथ अघि बढाउनुपर्ने र सन् २०२०मा राष्ट्रिय प्रतिरक्षा तथा सेनाको निर्माण गर्ने लक्ष्यलाई पूरा गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

१३औं राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनको मुक्ति सेना र सशक्त प्रहरी प्रतिनिधि मण्डलको पूर्ण बैठकलाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले उक्त कुरा बताउनुभएको हो।

राष्ट्राध्यक्ष सीले कोरोना भाइरसको प्रतिरोध क्षेत्रमा सम्पूर्ण सेनाले व्यहोरेको जिम्माको पूर्ण रुपमा प्रशंसा गर्नुभयो। ‘जन मुक्ति सेना चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनताले विश्वास गर्नसक्ने बहादूर सेना हो’ सीले भन्नुभयो।

राष्ट्राध्यक्ष सीले चालू वर्ष चिनियाँ सेनाको विकास सम्बन्धी “तेह्रौं पञ्च वर्षीय योजना”को अन्तिम वर्ष हो भन्दै महामारीबाट ल्याइएको प्रभाव घटाउन विशेष कदम चाल्नुपर्ने कुरामा पनि जोड दिनुभयो।श्रोत :सिआरआइ डट सिएन

Facebook Comments