राष्ट्रपति हमिदलाई पोखरामा पञ्चेबाजाले स्वागत,फेवातालमा जलविहार

पोखरा, कात्तिक २७-बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा आउनु भएको छ ।

नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखराको फेवातालमा डुङ्गा शयर गर्दै । तस्वीरः प्रदीपराज वन्त/रासस

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणको लागि नेपाल आउनु भएका हमिद काठमाडौंपछि आज भ्रमणको लागि धर्मपत्नीका साथ पोखरा आउनुभएको हो ।

हमिद नेपाली सेनाको हेलिकप्टरबाट पोखरा आउनु भएको हो । पोखरा विमानस्थलमा उहाँलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लगायतले स्वागत गर्नुभयो ।

राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पगुच्छा अर्पण गरेका थिए भने पञ्चेबाजाको झंकारले स्वागत गरियो । पोखरामा स्वागतपछि राष्ट्रपति हमिद आरामका गर्नको लागि फिस्टेल होटल पुग्नुभयो भने आजै उहाँले फेवातालमा जलविहार पनि गर्नुभएको छ ।

fnj kaski-social media
Facebook Comments