राम-रावण द्वन्दमा सीतालाई वली चढाउने चलन कहिलेसम्म ? महराले शाहीलाई धम्काएको डा.बाबुरामको अरोप,

रिपोर्टर्स नेपाल/काठमाडौं, १६ असोज-सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जबरजस्ती करणीको आरोपमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि गम्भिर आरोप लगाएका छन् । उनले महराले रोशनी शाहीलाई धम्काएर युटर्न गराएको आरोप लगाएका छन् ।

रिपोर्टर्स नेपालबाट


त्यतिमात्रै होईन, महराले सत्ताशक्तिको धाकमा परस्त्रीगमन गरेको पनि बाबुरामको आरोप छ । उनले ट्विटरमा लेखेका छन्,‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकएररधम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने !परपुरूषगमन गरेबापत अर्को पुरूषरलोग्नेले घरनिकाला गर्ने !

यो राम-रावण द्वन्दमा सीतालाई वली चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति/सांस्कृतिक क्रान्ति,कणहरू?”

Facebook Comments