पेट्रोल पम्प होइन, “पेट्रोल बम” एस.पी.कार्की

दीननाथ बराल/पोखरा १, कार्तिक-कास्कीका प्रहरी प्रमुख एस.पि. दानबहादुर कार्कीले पोखरामा रहेका केही पेट्रोल पम्प पेट्रोल बमको रुपमा रहेको बताएका छन् ।

kaski police press meet

जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकारमाझ शुक्रबार पोखरामा आयोजना गरेको मासिक प्रगती विवरण सार्वजनिक गर्दै एस.पी.कार्कीले मानव बस्ती र सडक छेउमै पेट्रोल पम्प हुनुले पोखराका केही ठाउँमा भएका पेट्रोल पम्प नै पेट्रोल बमको रुपमा रहेको दाबी गरेका हुन् । उनले भने “पोखराको नयाँबजार, पृथ्बीचो, प्रस्र्याङ, नागढुंगा लगायतका ठाँउमै घरसंगै जोडिका पेट्रोल पम्पहरु रहेका छन, जोखिमका हिसावले ती पेट्रोलपम्प भने पट्रोल बमको रुपमा रहेकाछन्, यसको ब्यबस्थापनको लागि स्थानिय निकायले पहल गर्नुपर्छ, अन्यथा कुनै दिन पोखरामा ठुलो अविसाप हुनसक्छ ।” सुरक्षाको लागि पेट्रोल पम्पमा हुनुपर्ने फाय रफाइटिङका कुरामा खासै ध्यान नदिएको, म्याद गुज्रिएका फायर फाइटिङका बस्तुहरु राखेको, हरेक तीन महिनामा फायर फाइटिङ सामान चुस्त दुरुष्त पार्नुपर्नेमा ख्याल नगरेको एस.पी.कार्कीले जनाए ।

प्रहरीको सक्रियता, महिनाभरको प्रगति विवरण प्रस्तुत गर्दै एसपि दान बहादुर कार्कि:aarju

पोखरा क्षेत्रमा संचालन हुने ट्याक्सिलाई अनिवार्य रुपमा मिटरमा संचालन गर्न आग्रह गर्दै एस.पी. कार्कीले अब मिटरमा संचालन नगर्ने पटकेको रुपमा परेका उपर त्यसको तथ्याङ राखेर कारवाही गर्ने चेतावनी दिएका छन् । यस अघि पटकेको रुपमा कारवाहीको कुनै लेखाजोखा नभएकोले अब यसलाई आफुहरु र यातायात व्याबस्था कार्यालयबाट तथ्याङक राख्ने भएको उनले जनाए ।
पोखरा क्षेत्रमा रहेका केही स्कुलहरुसंगै जोडिएका सटरमा मादक पदार्थ समेत विक्रि वितरण गर्न लागेकोले त्यसलाई पूर्ण रुपमा प्रतिवन्ध गरिएको एस.पी.कार्कीले जनाए । दशैं पर्व लक्षित हुने गरी बिषेश प्रहरीको टोली खटाएसंगै अन्य महिनाको तुलनामा चोरी डकैति, लागु औषध र अपराधिक गतिविधिमा कमी आएको उनको दाबी छ ।

पोखरामा माग्नेहरुको अर्को समस्या देखिएको एस.पी. कार्कीले जनाए । भारत देखि, नेपालका विरगन्ज, जनकपुर, नेपालगन्जबाट समेत माग्नेहरु पोखरामा देखा परेको पोखरा आउने पर्यटकहरुसंग रकम माग्नेले थप समस्या भएको उनले जनाए । उनीहरुलाई ब्याबस्थापन गर्न मानव सेवा आश्रम, विभिन्न क्षेत्रबाट आएकाहरुलाई बसमा उठायर उठाउन समेत सुरु गरिएको एस.पी. कार्कीले जनाए ।

Facebook Comments