रामबजार जेष्ठ नागरिकको प्रथम साधारणसभा

पोखरा, १८ कार्तिक ।रामबजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजारको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ ।

रामबजार निवासी १०१ वर्षीय जेष्ठ नागरिक क्या.कुल बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जेष्ठ नागरिक बाबाहरुको तर्फबाट मनवीर गुरुङ ढासा र आमाहरुको तर्फबाट तेजकुमारी अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो

कार्यक्रममा केन्द्रलाई न्यूरोड स्थित सिटिजन फर्निचर टे«डलिंकका प्रोप्राइटर दिपक कार्कीले एक सेट सोफासेट प्रदान गर्नुभएको थियो । सोही अवसरमा केन्द्रको तर्फबाट उहाँलाई सम्मान समेत गरिएको थियो भने मिलन केन्द्रमा आवद्ध आमा दिदी बहिनीहरुले बाबा दाजुभाईहरुलाई गलबन्दी लगाई देउसी भेलो खेली यस वर्षको तिहारलाई भव्य र सभ्य रुपले मनाइयो ।

सोही अवसरमा संस्थाका सचिव ज्ञान बहादुरले वार्षिक कार्यक्रम तथा कोषाध्यक्ष भुपेन्द्र कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष क्या.थमानसिंह थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाको संचालन सचिव ज्ञान बहादुर थापाले गर्नुभएको थियो ।

Facebook Comments