राप्रपाको चुनावी सभा हरिहरगुफा भलाममासानालाई माया र ठूलालाई सत्कार गर्नुपर्छ भन्ने पार्टी राप्रपा – उम्मेदवार भण्डारी

पोखरा, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की २ का उम्मेदवार रोम बहादुर भण्डारी सोमवार पोखरा २० भलाम स्थित हरिहर गुफा सन्यास आश्रममा पुगी मतदाताहरुसँग भेट गर्नुभएको थियो ।हरेक वर्ष बालाचतुर्दशीका दिन सतविज छर्ने बेलामा यहाँ ठूलो मेला लाग्ने गर्दछ । सोही अवसर पारी उम्मेदवार भण्डारी धार्मिक क्षेत्र हरिहर गुफा सन्यास आश्रम पुग्नुभएको हो ।

स्थानीय धर्मावलम्बीहरुले राप्रपा धर्म बचाउने पार्टी भएको बताउँदै यस पटक राप्रपाको गाई चिन्हमा मतदान गर्ने बताए ।

उम्मेदवार भण्डारीले यसरी नै धर्म कर्म गर्न पाउनुपर्छ, धर्मलाई जोगाउनु पर्छ, सानालाई माया र ठूलालाई सत्कार गर्नुपर्छ भन्ने पार्टी राप्रपा भएको बताउँदै यस पाली आफूलाई मतदान गरी धर्म रक्षाका लागि राप्रपालाई जिताउन आग्रह गर्नुभयो ।

सोमवार बिहानैदेखि विभिन्न चुनावी कोणसभामा सहभागी भएर शीर्ष नेताहरुले हिन्दु राष्ट्र, राजसंस्था, भ्रष्टाचार रहित शासन, धर्मको संरक्षणको लागि भए पनि राप्रपालाई जिताउन आग्रह गरेका हुन् ।उपनिर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखराका ११ वटै वडामा प्रचारप्रसार तिर्व पारेको पार्टीका प्रचारप्रसार संयोजक सुर्य बास्तोलाले बताए ।

घरदैलो कार्यक्रम अन्तर्गत मंगलबार पोखरा वडा नं.१५ र १७ मा पार्टीका महामन्त्रघी तथा सांसद राजेन्द्र लिङदेल लगायत केन्द्रीय नेताहरुको सहभागितामा घरदैलो तथा चुनावी कोणसभा हुने निर्वाचन समिति संयोजक तथा केन्द्रीय सदस्य जयलाल पुनले बताए ।स्मरण रहोस् राप्रपाले ११ गते पृथ्वीचोकमा वृहत चुनावी आमसभा गर्ने भएको छ । सभामा सम्पूर्ण राष्ट्रवादी महानुभावहलाई उपस्थितिको लागि राप्रपा कास्कीले अनुरोध गरेको छ।

Facebook Comments