राजनीतिक सहमतिसहित लक्षित वर्गसम्म राहतको लागि पोखरा वडा नं ३ मा घरदैलो पुगेर नाम संकलन(video)

by-aarju

आरजू-अनलाईनअन्नपूर्ण, चैत्र १९, पोखरा

पोखरा महानगरपालिका वडा नं ३ मा रहेका राजनीतिक दल, समाजसेवी तथा वडाका पदाधिकारीबिचमा भएको राजनीतिक सहमति अनुसार विपन्न तथा लक्षित वर्गले राहत पाउने गरि वुधवार बिहानबाट घर घरमा गएर नाम संकलन गर्ने कार्य शुरु भएको छ ।

पोखरा महानगरपालिकाले विपन्न, ज्याला मजदुरी गर्ने जो जस्लाई साँझ बिहान खानपानको समस्या छ उनिहरुलाई मध्यनजर गरेर राहत व्यवस्थापन गर्नका लागि निर्देशन गरेपछि उनिहरुको खोजिको लागि वडा सदस्य रविन कायस्थको संयोजनमा प्रहरी सहितको टोली घर घरमा पुगेर लगत लिने कार्य शुरु भएको हो ।

टोलीमा नेकपा नगर अध्यक्ष भीम गुरुङ, नेपाली कांग्रेसका नगर सभापति दिलिप गिरी र राप्रपा सभापति मोतीमान शाक्य रहनु भएको छ । यस्तै वडा सदस्य लक्ष्मी पराजुली, सवि परियार, जितेन्द्र कायस्थ, नदीपुरस्थित प्रहरी बीटका प्रमुख गौतम श्रेष्ठको टीम लगायतका रहनु भएको छ । वडाध्यक्ष रविन्द्र बहादुर प्रजुले साथीहरुले जस्ले राहत पाउनु पर्ने हो उहाँहरुले पाउने व्यवस्थाको लागि घर घरमा सुरक्षित तवरले पुगेर लगत लिएर एकिन संख्या लिने काम गरिएको बताउनु भएको छ ।

नेकपाका नगर सभापति भीम गुरुङले कोरोनाको संक्रमणले निम्याएको विपदको घडिमा सबै मिलेर यसबाट जोगिदैं खनापानको व्यवस्था मिलाउन जनताको घर घरमा पुगेर अति आवस्यक परेकाहरुको खोजि गरेर राहतको व्यवस्था मिलाउन सबै पार्टीहरुबीच सहमति गरेर एक भएर हिंडेको बताउनु भयो ।

नेपाली कांग्रेसका नगर सभापति दिलिप गिरीले अहिलेको विषम अवस्थामा महानगरपालिकाले निर्दिष्ट गरे अनुसार राजनीतिक सहमति गरेर जस्को चूलो बलेको छैन उनिहरु भोकै नहोउन भन्ने हेतुले अगाडी वढेको बताउनु भयो ।

राप्रपा नगर अध्यक्ष मोतीमान शाक्यले तीन पार्टी मिलेर एउटै मत बनाएर राहत सामाग्रीको सहि सदुपयोगको लागि सबैको सल्लाह अनुसार वडा नं ३ मा घर दैलो अभियान थालिएको बताउनु भयो । वडा सदस्य सवि परियारका अनुसार राहत पाउँछौ भनेर बसिरहेका दाजुभाई दिदि बहिनीहरु हुनुहुन्छ । उहाँहरु मध्य कसलाई अति आवस्यक परेको छ, तथ्य लिने काममा जुटेको बताउनु भयो ।

अर्का सदस्य लक्ष्मी पराजुलीले महानगरले भने जस्तै विपन्न वर्गका दाजुभाई, दिदि बहिनीले पाउन सकुन भनेर यो अभियानमा लागेको बताउनु भयो । उहाँका अनुसार विगतका द्वन्द पिडित महिला पनि सम्पर्कमा आएको बताउनु भयो ।

अर्का सदस्य जितेन्द्र कायस्थले एकदमै राहत दिनै पर्ने व्यक्तिहरुको पहिचानको लागि हामी लागिरहेको बताउँदै अभियानमा जोडिएको बताउनु भयो ।

वडा नं ३ का हरेक कामलाई तिव्र गतिमा अगाडी वढाउन संयोजनकारी भूमिका निर्वाह गरिरहेका वडा सदस्य रविन कायस्थले हामीले निकै छलफल गरेर बसैसंगको छलफल पछि उचित बाटो अपनाएको बताउनु भयो ।

यसो गर्नु भनेको सिर्जित विपत्तिलाई सल्ट्याउन थालिएको लकडाउनको समयमा अल्पकालिन प्रतिकार्य हो । कोरोनाकोभाइरस संक्रमणबाट जोगिन सुरक्षित तवरले घरमै बसौं र अत्यावस्यक काममा जानेहरुकोले सजगता अपनाऔं ।

Facebook Comments