राखेप कार्यवहाक सदस्य सचिव गुरुङद्धारा मुलपानी क्रिकेट मैदान अवलोकन

दीननाथ बराल पोखरा २३, पुष । राष्ट्रिय खेलकुद परिषदका कार्यवाहक सदस्य सचिव राजेश कुमार गुरुङले आज (बुधबार) मुलपानी क्रिकेट मैदानको अवलोकन गरेकाछन्। करिब १३ बर्ष अघि देखि निर्माण कार्य सुरु भई हाल निर्माणको अन्तिम चरणमा पुगेको उक्त क्रिकेट मैदान बुधबार नै कार्यवहाक सम्हालेका गुरुङले इन्जिनियर सहितको टोली लगेर अवलोकन गरेका हुन्।

पोखरामा २०७७ को फागुन तेश्रो साता नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पर्ने खेलकुद सामाग्रिहरुको अध्ययन अवलोकनको लागि राखेप सदस्य सचिव रमेश कुमार शिल्वालको एक साता चिन भ्रमणमा निस्केसंगै हाल कार्यवहाक सदस्य सचिवको पदभार गुरुङले सम्हालेका हुन्। पोखराका गुरुङले यस अघि १३ औं सागको मुखमा समेत करिब एक साता कार्यवहाक राखेपको सदस्य सचिवको पदभार सम्हालेका थिए ।

सदस्य सचिवले दिएको निर्देशन अनुसार खेलकुदमा आवश्यक पर्ने आधार भुत कामको लागि आफु कटिवद्ध रहेको कार्यवहाक सदस्य सचिव गुरुङले जनाए । पदिय दाहित्वलाई वहन गर्न आफु कटिवद्ध रहेको समेत उनले जनाए । कुनै पनि खेलकुदको विकासको लागि खेलाडी, मेल मैदान र खेल सामाग्रि आवश्यक भएकोले यसमा आफुहरुको ध्यान जाने उनले जनाए ।

Facebook Comments