रवीन्द्रको ह्याट्रिकमा अर्को जित थप्ने आत्म विश्वास छ :विद्या भट्टराई

आरजू विष्ट सल्यानी/पोखरा, कात्तिक २३

कास्की निर्वाचन क्षेत्र नं २ अलि वढि चर्चामा रहेको छ । यो क्षेत्र तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जित हाँसिल गरेको क्षेत्र हो, उहाँको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि रीक्त स्थानमा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपानिर्वाचनलाई दलहरुले निकै महत्वपूर्ण मानेका छन् ।

आफ्नो क्षेत्रको चुनावि जितमा ह्याट्रिक गरेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि उक्त क्षेत्रमा नेकपाले धर्मपत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाएको छ । भट्टराई अहिले चुनावि प्रचार र घरदैलोमा व्यस्त रहनु भएको छ ।

आज बिहान रेडियो अन्नपूर्णको आजको वैठकमा सहकर्मि दीपेन्द्र श्रेष्ठसंग कुराकानि गर्दै भट्टराईले आत्मविश्वासका साथ निर्वाचनमा होमिएको बताउँदै आफ्नो जीत सुनिश्चित भएको दावि गर्नुभयो । उहाँले भन्नुभयो ः“मसंग जनाधिकार छ, जनताको काम गर्ने निश्चित मुद्धाहरु छन् ।”

२०४७ सालदेखि नेकपाको कृयाशिल सदस्य भएर राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष संलग्नता जनाई रहेकि भट्टराईले राजनीतिक स्थायित्व, आर्थिक संवृद्धि, सामाजिक न्यायसहितको समाजवादी लोकतन्त्र, समाजवाद उन्मुख राज्य बनाउने लक्ष्यमा पुग्न महिलाको सहभागिताबिना संभव नहुने दावि गर्नुभयो ।

मेरो यात्रा राजनीतिक यात्रा हो, अब राजनीतिमा क्रियाशिल भएर लाग्छु । प्राध्यापनमा १८ वर्ष बिताएँ, रवीन्द्र जी को अकल्पनिय दुर्घटनाले धेरै सोच्न वाध्य बनायो, मेरो श्रीमान मात्रै नभएर मैले असाध्यै माया गरेको मान्छे गुमाउँदा त्यो परिस्थितिबाट बाहिर आउन समय लागेको हो, उहाँले भन्नुभयो ।

तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारी वाईडवडि काण्ड, एनसेल काण्डमा मुछिएको बारेमा लगाईएको आरोपको जवाफमा उहाँले विपक्षिहरुले तथ्यको आधारमा नभई आरोपका लागि आरोप लगाउने गरेको बताउनु भयो । उहाँले भन्नुभयो ः“यि कुराहरु आजका मात्रै होईनन्, यो प्रकरण रवीन्द्र अधिकारी त चौथो पटकको मन्त्री हो, अन्तिम किस्ता दिएको त हो, त्यहाँ संयोजनमा समस्या देखियो, मन्त्रीले बोल्ने बेलामा तयारी नपुगेको जस्तो देखिएको हो ।” भट्टराईले भन्नुभयो ः“मैले उहाँलाई सोधे के साच्चै गल्ति गर्नुभएको हो ? उहाँले “विद्या मैले यस्मा कहिकतै बेईमानि गरेको छैन, कहि सहि गरेको छैन र निर्देशन पनि दिएको छैन, झुकेको छैन, मेरो राजनीतिक उचाईलाई कमजोर बनाउन नियतबस् गरिएको प्रहार हो भन्नुभएको थियो, भट्टराईले बताउनु भयो ।

भट्टराईले वाईडवढि प्रकरणमा यदि कसैलाई संका नै लाग्छ भने, अझैं पनि खोजबिन गरौं, म पनि साथ दिन्छु, तर अहिले तथ्यहिन आरोप लगाईरहेका छन्, विपक्षिले आरोप लगाउन राजनीतिक प्रहार गर्न हतियार बनाएको छ भन्नुभयो ।

Facebook Comments