रजनी केसी क्षमतावान उम्मेदवार, जित्छौं, कांग्रेस र कम्यूनिष्टलाई विस्थापित नगरी हुँदैनः साझा संयोजक मिश्र(video)

by:aarju

आरजू/पोखरा, मंसिर ०२-साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले मंसिर १४ गते कास्कीको क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधि सभा उपनिर्वाचनमा साझा पार्टीकि क्षमतावान उम्मेदवार रजनी केसी विजयी हुने दावि गर्नुभएको छ ।

आज बिहान रेडियो अन्नपूर्णको छलफलमूलक कार्यक्रम आजको वैठकमा संयोजक मिश्रले पूराना दलहरु जनताका निम्नतम् मूल्यमान्यता र आवस्यक्ता विरुद्ध गएकार जनताप्रति उत्तरदायि हुन नसकेको कारण साझा पार्टी जनताका आवस्यक्तालाई लागु गराउन वैकल्पिक शक्तिको रुपमा उदाएको बताउनु भयो ।

देशमा अनेक खालका काण्डै काण्ड भईरहँदा पनि तिनको कुनै सुनुवाई हुँदैन, कारबाहि हुँदैन तर नेताहरुलाई ज्वरो आउने बित्तिकै श्रीमती लिएर उपचार गराउन विदेशमा जाने क्रम चलेकै छ, उहाँले भन्नुभयो :“यो उपनिर्वाचन हामीले जित्छौं, हाम्रो प्रतिष्पर्धा कांग्रेस, नेकपासंग नै हो, उनिहरु जनताका आवस्यक्ता संवोधन गर्नबाट टाढीएका छन्, हामी जनतासंग नजिक भईरहेका छौं ।”

हामी कांग्रेस र कम्यूनिष्टसंग लड्दै छौं, उनिहरुलाई विस्थापित नगरीकन हुँदैन । रजनी केसीसंग क्षमता नदेखेको भए उम्मेदवजार छान्ने थिएनौं, ठूला नेता पनि जोडिन खोज्दै थिए, हामीले उहाँहरुको पूरानो पृष्ठभूमि देखेर जोडेनौं, मिश्रले भन्नुभयो, L“तर पूराना पार्टीमा लागेका सबै खराब छैनन्, त्यो भन्न मिल्दैन, केहि नेता आँशु झारेर रोईरहेका छन्, धेरैले देश बनोस् भनिरहेका छन्, पूरानाले हरेक नागरिकलाई नागरिक भएर बाँच्न दिएका छैनन् भनिरहेका छन् ।” त्यसैले कांग्रेस र कम्यूनिष्टको बिकल्पमा हामी आएका छौं ।”।


नेपाली राजनीतिमा मूल्य मान्यताको ठूलो क्षयिकरण भईरहेको छ, तिनै कुराहरुलाई स्थापित गर्नको लागि सबै कुरा छोडेर राजनीतिमा आएको हो । अनर्थ नलागोस् मिश्रले भन्नुभयो ः“गाउँ गाउँमा जाँदा “जुन जोगि आएपनि कानै चिरीएको” भन्ने उक्ति छ तर त्यो हामीसंग भनेता पनि हामीप्रति लक्षित होईन, जस् जसले पहिले शासन सत्ता चलाए, चलाई रहेका छन्, उनिहरुलाई हो, हामीलाई त जनतामा जाँदासजिलो भएको छ, हो हामी त्यहि मूल्य मान्यता स्थापित गर्नको लागि लागेका छौं ।”

मैले बारम्बार भनिरेको छु दलहरुका नेताहरुको मस्तिष्कमा परिवर्तन नभएसम्म जनताको स्तरमा पनि कुनै वृद्धि हुन सक्दैनन । उहाँले भन्नुभयो :“जनताले चाहिरहेको सामान्य अमनचैन, स्वास्थ्य, शिक्षा, रहनसहन, खानपान, बसोवास, सुरक्षा जस्ता न्यूनतम आवस्यक्ताको परिपूर्ति हो, त्यो हामीले लागु गर्ने र वोध गराउने पक्षमा छौं ।”

अघिल्लो चुनावमा पनि हामी कांग्रेस, एमाले, माोवादीसंग प्रतिष्पर्धि बन्यौं । अहिले पनि हाम्रो नेकपा र कांग्रेससंगै प्रतिष्पर्धा हो, धेरै ठाउँमा जाँदा जनता आजित भएको कुरा सुनाउँछन्, मिश्रले भन्नुभयो :“जनताले भनिरहेका छन्, अब त अति भइसक्यो, सहन सकिन्न ”

निर्मलपोखरी जाँदा, भरतपोखरी जाँदा यति धेरै पीडा रहेछ जनतामा कि घाँस दाउराको भारी बोकेका युवा युवतीले गाउँमा परिवर्तन चाहिरहेका छन्, जो पूराना दलहरुले गरिरहेका छैनन्, उनिहरुले भनेको कुरा हो, “भोट यो पालि साझाको तराजुमा दिन्छौं ।”

परिवर्तन संभव छ, संसारमा हामी भन्दा गएगुज्रेका देश बनिसके, हाम्रो जीवनकालमा परिवर्तन संभव छ, हामीले पनि गर्न सक्छौं, हामीसंग देशमा श्रोत, साधन छ, परिवर्तन ल्याउन सकिन्छ, मिश्रले भन्नुभयो :“नियत ठिक भयो भने परिवर्तन हुन्छ, नातावाद, कृपावाद, भ्रष्टाचारमा लिप्त कोहि पनि हुन पाईदैंन र त्यसका लागि राजनीतिमा लाग्ने होईन ।”

Facebook Comments