यो बोगेनविलियाको समय हो, वातावरण सुन्दर र अवलोकनकर्ताको मन प्रफुल्ल बनाउँछ ।

अनलाईअन्नपूर्ण/पोखरा, वैशाख १०

बोगेनविलिया तीखाकाँडाको सजावटी झाडी वा रुखहरुको जीनस हो । पुष्पक्रममा यस्का एकल वा साना ठूला रंगीन झुप्पाहरु हुन्छन् । प्रत्येक फूलको बनावट ३ पत्ताको मुटु आकारको हुन्छ । अलग अलग तीन पत्ताका लहरहरु वा लहरै डाली डालीमा झुप्पाहरु हुन्छन् जो देख्दा पुष्प वजारमा बिक्रिको लागि सजाएर राखिएका बुकि जस्तै देखिन्छन् । वजारमा बुकि बनाईन्छ भने बोगेनविलियाको बोटमा प्राकृतिक रुपमै डालीमा झुप्पाहरु बनेर वा एक रुपमा बुकि आकारमा फूलेका हुन्छन् ।

यो फूल ब्राजिलदेखि पेरु, दक्षिण अर्जेन्टिना र दक्षिण अमेरिकाको मूल निवासी हो । विभिन्न खोज तथा लेखकहरुले यसको जीनसमा १८ प्रजाति रहेको स्वीकार गरेका छन् । यसको बोट १ देखि १२ मिटर सम्मको उचाई अर्थात ४० फिटसम्मको उचाईमा पुगेर फूल्ने गरेको पाईन्छ । लहरे बोट हो । यसको बोटमा चिल्ला काँडाहरु हुन्छन् । सदाबहार जस्तै देखिन्छन् । जहाँ वर्षा हुन्छ वा सुख्खा मौसम हुन्छ, पातहरु वैकल्पिक रुपमा साना ठूला हुने गर्छन् । साधारणतः पातहरु १ देखि ४ सेन्टीमिटरसम्मका चोडा हुन्छन् ।

यो फूल विभिन्न रंगहरुमा फुल्ने गर्दछ । एउटै बोटमा गुलावी रंगको मात्रै, रातो रंगको मात्रै वा तीन चार थरिको एउटै बोटमा फूलेको पनि पाईन्छ । यो सेतो, गुलाबी, रातो, बैजनी, सुन्तला रंगको, पहेलो रंगको विशेष पाईन्छ । कुनै कुनै बोटमा सेतो, पहेंलो, गुलावी वा रातोमा सेतो छिर्का परेको एउटै बोटमा पनि पाईन्छ ।बोगेनविलियालाई एशियाली मुलुक भारत तथा नेपालमा “कागजको फुल” को रुपमा पनि चिन्ने गरिन्छ । किनभने यो पातलो र कागजी हुन्छ, पालतो कागज जस्तो ।

बोगेनविलिया बोटको पहिलो वर्णन गर्ने यूरोपेली विज्ञ फिलिबर्ट कमर्शोन थिए । उनि वनस्पतीविद् थिए । जो फ्रान्सेली नेवी एडमिरल लुईस एन्टोईन दे बोगेनविलसंग पृथ्वीको परिक्रमा गर्ने क्रममा गएका थिए । र अन्टोन लरेन्ट डी जुसियुले सन् १७८९ मा पहिलो पटक प्रकाशित गरेका हुन । जसको अवलोकन गर्ने पहिलो यूरमेपियन वाणिज्यका प्रेमी र सहायक जीन बार थिए जो वनस्पतीशास्त्र विशेषज्ञ थिए । कस्तो परिवेश थियो भने त्यो बेलामा महिलालाई यात्रामा अनुमति थिएन । त्यसैले उनलाई एक महिलाको रुपमा जहाजमा अनुमति हुने कु।रा पनि अँएन । उनले यात्राको लागि पुरुषको भेषमा आफुलाई बदल्नु पर्यो । यसरी उनि विश्वमा उनि परिभ्रमण गर्ने पहिलो महिला पनि भईन ।

सन् १७८९ मा ए.एल. डी जुसिउ द्वारा जेनेरा प्लान्टेरममा बोगेनविलिया को रुपमा पहिलो पटक प्रकाशित भयो । पछि १९३० को दशकमा इन्डेक्स केवेन्सिसमा बोगाईनविलिआ को रुपमा स्थापना नभएसम्म जीनसलाई धेरै तरिकाले हिसाब किताब गरियो । मूलतः बी स्पेक्टिभलिस र बी ग्लाब्रा अविभाजित थिए । जब वनस्पतीशास्त्रीहरुले उनीहरुलाई छुट्टै प्रजातिहरुको रुपमा वर्गिकृत गरे सन १९८० को दशकमा, यी दुई प्रजातिहरु युरोपमा पहिलो पल्ट परिचित भए । चाडै फ्रान्स र बेलायतका नर्सरीहरुले यि प्रजातिहरु अष्ट्रेलिया र उनिहरुका पूराना उपनिवेसशरुमा लगेर बिक्रि पनि गरे ।

त्यो समयमा के गार्डनले विश्वभरी ब्रिटिश उपनिवेशहरुमा प्रचार गरेर विरुवाहरुलाई वितरण पनि गर्यो । १९३० को दशकमा लगभग बोगेनविलियालाई अफ्रिका, भारत, क्यानरी टापुहरु, अष्ट्रेलिया, उत्तर अमेरिका र फिलिपिन्समा सहजै उत्पादन गर्न थालियो ।

गुलावी बोगेनविलिया तातो जलवायुको साथ प्रायः क्षेत्रहरुमा लोकप्रिय सजावटी बोटबिरुवाहरु हुन र जो भूमध्यसागरिय भागमा पनि हुन्छन् । यसलाई पर्खालमा, भित्तामा, कन्टेनरमा र झुण्डिएको टोकरी वा बोटको रुपमा हुर्काउन सकिन्छ । यसको काँडाको हाँगामा मुटुको आकारका पातहरु, सेता, गुलावी, रातो, सुन्तरा, बैजनी, पहेंलो लगायतका फूलका कागजी समूह हुन्छन् ।

अहिले विश्वभर ३०० प्रजातिका बोगेनविलिया छन् । किनभने धेरै हाईब्रिडहरु धेरै पुस्ता भन्दा धेरै पार गरिसकेका छन् । उनिहरुको पूर्वको मूललाई चिन्न पनि गाह्रो भईसकेको छ । प्राकृतिक परिवर्तनहरु संसाभरी सहजै देखिन्छन् । जहाँसुकै ठूलो संख्यामा बोट विरुवाहरु उत्पादन हुन्छन् ।
यो एकदमै आकर्षक जीनस भएकोले नेपालमा पनि राम्रोसंग ५ भन्दा वढि प्रकारका रंगमा फूलेको देख्न सकिन्छ । समशितोष्ण क्षेत्रहरुमा घरको आँगनमा अर्थात हाउसप्लान्टको रुपमा हुर्काएको पाईन्छ ।

नेपालका समथरदेखि मध्य पहाडी क्षेत्रहरुमा यो बिरुवाले सहजै फूलहरु फुलाई रहेको पाईन्छ । कतिले घरमा गेटको रुपमा प्रयोग गरेका हुन्छन् भने घतिले घरको छेउ कुनामा हुर्काएर डाँडा भाटाको सहायता दिएर माथि चढाएका हुन्छन् । घरको भित्ताको सहारा दिएर माथिल्लो तलासम्म पुग्न दिएका हुन्छन्, जहाँ फुलेका फूलहरु र तिनका आकर्षक झुप्पाहरुको सबैको मन प्रफुल्ल बनाईरहेको हुन्छ ।

यो समय नयाँ पालुवा पलाई रहेको नयाँ वर्ष वैशाख महिनामा नेपालमा समथरदेखि मध्य पहाडी भूभागमा सेतो, रातो, गुलावी, पहेंलो, सुन्तला रंगको बोगेनविलिया फूलेको यत्रातत्र देख्न सकिन्छ भने यस्ले वातावरण झनै सुन्दर बनाएको पाईन्छ ।बोगेविलिया रिसर्च तथा एजेन्सिको सहयोगमा

Facebook Comments