यूआरएल पत्रकारीता पुरस्कार पौडेललाई,:गण्डकीका नारीकलाई “नैतिकवान, स्वस्थ र संमृद्ध बनाउने” :मन्त्री पुन(video)

आरजू विष्ट सल्यानी
पोखरा, मंसिर २३

by:aarju

यूआरएल पत्रकारीता पुरस्कार २०७६ पत्रकार सुरेन्द्र पौडेल तथा यूआरएल उत्कृष्ट कर्मचारी सम्मान २०७६ युआरएलका आशिष श्रेष्ठलाई प्रदान गरीएको छ ।

सोमवार पोखरामा यूआरएल पोखराको छैटौं वार्षिकाृत्सव तथा यूआरएल पत्रकारीता पुरस्कार २०७६ अर्पण समारोहका प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुनले पत्रकार पौडेल र श्रेष्ठलार्ई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

समारोहमा मन्त्री पुनले नागरीकलाई रोग लाग्नबाट जोगाउनु सबैको दायित्व भएको बताउँदै रोग लागेर उपचारको लागि अस्पताल धाउने भन्दा अस्पताल जाने अवस्था नै आउन नदिने उपाएका बारेमा हामीले काम गर्नुपर्ने बताउनु भयो ।

सामाजिक विकास मन्त्रालयले जनताको स्वास्थ्य सम्वन्धि कार्यक्रमलाई निरन्तरता दिईरहेको बताउँदै मन्त्री पुनले निजि स्वास्थ्य संस्थासंग सहकार्य गरेर जनताको स्वस्थ जीवनशैलीको लागि यूआरएल जस्ता स्वास्थ्य क्षेमा लागेका संस्थासंग हातेमालो गर्न तयार रहेको बताउनु भयो ।

नागरीकलाई रोग लाग्नबाट जोगाउनु पर्छ, टोल टोलमा आमा समूहलाई सचेत बनाउन र चेतनामूलक कार्यक्रम चलाउन आवस्यक छ, उहाँले भन्नुभयो :“नागरीकको खानपान र जीवनशैलीलाई व्यवस्थित बनाउन हामीले एकिकृत स्वास्थ्य अभियान संचालन गरेका छौं ।”

परिवार स्वास्थ्य योजना चलाएका छौं, थोरै वजेटबाट काम थालेका छौं, मन्त्री पुनले भन्नुभयो ः“नागरीकको स्वास्थ्य हामी सबैको जिम्मेवारीभित्र पर्छ, सरकारको मात्र मुख ताक्नु हुँदैन, निजिस्तरबाट पनि नागरीकलाई स्वस्थ बनाउने काममा हामी संगै अघि वढ्न सक्छौं ।” हाम्रो उदेश्य ः“गण्डकीका नारीकलाई नैतिकवान, स्वस्थ र संमृद्ध बनाउने हो ।”

फरक प्रसंगमा बोल्दै गण्डकीलाई साग खेलकुदले अन्तराष्ट्रिय परिचय दिएको दावि गर्नुभयो । हामीले चाहे जस्तो निर्माणको काम पूरा गर्न सकेनौं तर पोखराको गुडवीलको लागि सागले महत्वपूर्ण भूमिका निर्वाह गरेको हामीले पाएका छौं, भविष्यमा कमजोरीलाई सुधारेर जानुपर्छ, मन्त्री पुनको भनाई ।

५८ हजार ३ सय नागरीकको स्वास्थ्य जाँच

यूआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले २०७० सालबाट संचालनमा आएको संस्था नाफमुखि संस्था भएपनि यस्लाई हामीले प्रमुख मानेका छैनौं, हामीले नागरीकलाई रोग लाग्नै नदिन रोगहरुको पहिचानको लागि अत्याधुनिक प्रविधिसहित पोखरामा काम गरिरहेको बताउनु भयो । पन्तले सातौं वर्षमा प्रवेश गर्दासम्म ५८ हजार ३ सय नागरीकको स्वास्थ्य जाँच गरीएको र ३६६ संस्थासंग सहकार्य गरेको जानकारी दिनुभयो । उहाँले आउने दिनमा टोल टोलमा, जिल्ला जिल्लामा थप प्रयोगशाला शुरु गर्ने संस्थाको लक्ष्य रहेको जानकारी दिनुभयो ।

पुरस्कार छनौट समितिका संयोजक हरि वास्तोलाले पोखरामा स्वास्थ्यका विषयमा कलम चलाउने पत्रकार ज्यादै कम भएको बताउँदै पत्रकार सुरेन्द्र पौडेललाई सर्वसम्मत छनौट गरेको निर्णयलाई यूआरएलले सहर्ष स्वीकार गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य क्षेत्रको लेखन र त्यस सम्वन्धि पुरस्कारको व्यवस्था मिलाउन सके राम्रो हुने सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, यूआरएलका ल्याव ईन्चार्ज भुपेन्द्रराज पाण्डे लगायतले संस्था स्थापना भएको छोटो समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै उदाहरणीय काम गरेको बताउनु भयो ।

कार्यक्रम यूआरएलका अध्यक्ष शुसिल थापाको अध्यक्षतामा भएको थियो ।

Facebook Comments