युद्ध संत्रासको तनावबीच ईरानमा परमाणु संयन्त्र नजिक दुई घन्टामा २ भूकम्प

अनलाइनअन्नपूर्ण, पुस २३ पोखरा

अमेरिकासंग चलिरहेको युद्ध संत्रासको तनावबीच ईरानमा पछिल्ला दुई घन्टामा त्यहाँ २ वटा भूकम्प गएका छन् ।

ईरानी न्यूज एजेन्सिका अनुसार भूकम्पका झट्का दक्षिण क्षेत्रमा महशुस गरिएको छ । पहिलो ५.५ र अर्को ४.९ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । समाचारका अनुसार भूकम्पको झट्का परमाणु संयन्त्रको आसपासमा महशुस गरिएको छ ।

भूकम्पले कति क्षेति पुर्यायो, पूरा विवरण नआएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

Facebook Comments