यातायात व्यवसायलाई राज्यले ब्यबस्थित पार्न नसकेको व्यवसायीको गुनासो

दीननाथ बराल पोखरा २४, माघ

यातायात व्यवसायीलाई राज्ले ब्यबस्थित पार्न नसकेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन्। राज्यले संघिय संरचना अनुसार यातायात व्यवसायीलाई समितिबाट प्रालिमा जान दिएको निर्देशन अनुसार यातायात व्यवसायीहरु प्रालिमा गए पनि राज्यले यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसकेको पृथ्बी राजमार्ग बस संचालक कम्पनिको अर्धबार्षिक समिक्षा एवं व्यवसायी भेलामा सहभागिले गुनासो गरेका हुन्।

सवारी दुर्घटना हुदा घाइते र मृतकलाई राज्यले निर्धारण गरेको रकम भन्दा बढी रकम दिर्नुपर्ने, प्रहरी प्रशासनले भने राज्यले दिएको निमय भन्दा आफुहरुलाई बढी कस्न खोज्ने गरेको व्यवसायीहरुको गुनासो थियो । पृथ्बी राजमार्ग बस सञ्चालक समितिको बार्षिकोत्सव स्मरण समारोह समेत गरिएको उक्त कार्यक्रममा समितिको पहिचान गुम्न नदिने गरी केही कार्यक्रम गर्नुपर्ने वक्ताहरुले जोड दिएका थिए ।

संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार चन्द्रकृष्ण कर्मचार्यले उक्त कार्यक्रमको उद्घाटन गर्दै धेरै सघर्षले स्थापित भएको समितिलाई राज्यले हाल प्रालिमा लगे पनि अझै व्यबस्थित पार्न नसकेको बताए । यातायात क्षेत्रमा पछिल्लो समयमा धेरै समस्या आएकोले त्यसलाई सामना गर्न प्रालिका पदाधिकारीलाई उनले आग्रह गरे ।

प्रालिका संस्थापक अध्यक्ष ऐन कुमार शाहीले क्षेत्रिय संयोजकहरुलाई थप जिम्मेवार सहित परिचालन गर्न आग्रह गरे । दुई वटा यातायात व्यवसायी प्रालिमा रहदा समस्या आउने हुदा नबस्न आग्रह उनले आग्रह गरे । प्रालिको जेठ १९ गते बार्षिकोत्सव पर्छ ।

संस्थाका संरक्षक केशव प्रसाद अधिकारीले राज्यलदे यातायात क्षेत्रको सिण्डिकेट खारेज गरे पनि हाल यातायात व्यवसायीलाई ब्यबस्थित पर्न नसकेको दाबी गरे । राज्यले यातायात व्यवसायीलाई सुरक्षाको ग्यारेन्टी र दुर्घटनालाई ब्यबस्थापन गर्ने सामर्थ नभएकोले यसको व्यबस्थापनको लागि सम्बन्धि बस प्रालि नै हुनु पर्ने उनको जोड थियो । सवारी दुर्घटना न्यूनिकरण गर्न सवैको चासो र चिन्त्ता हुनु पर्ने संरक्षक अधिकारीले बताए । प्रालिका अध्यक्ष योेगेन्द्र बहादुर केसीले विश्वकर्मा मन्दिरको नाममा प्रति क्यूमा हाल १० रुपैया शुल्क लिने गरेकोमा उक्त रकम संस्थाले चालक, सहचालक सहित सामाजिक क्षेत्रमा खर्च गर्ने भएको बताए । यस अघि संस्थाले प्रति क्यू ५ रुपैया शुल्क संकलन गर्ने गरेको थियो ।

प्रालिका प्रबन्ध सञ्चालक ज्ञान बहादुर केसीले प्रालिमा हाल ९ सय ४८ जना संस्थापक शेयर सदस्य रहेको बताए । यस अघि समितिमा १ हजार ३ सय २७ सवारी साधन रहेका थिए । प्रालिबाट हाल देशका विभिन्न ठाउँमा यातायात सेवा दिएसंगै भारतको दिल्ली, देहरादुनसम्म सेवा प्रदान गर्दै आएको छ । भारतको पट्ना र गुहाटीसम्म सेवा विस्तार गर्ने लक्ष्य राखेको अध्यक्ष केसीले बताए । यसैचिब, प्रालिले शुक्रबार पोखरामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ५७ युनिट रंक्त संकलन भएको अध्यक्ष केसीले जनाए ।

Facebook Comments