म्याग्दी र मुस्ताङको सीमा विवाद समाधान गर्न तीनबुँदे सहमति

पुस २४ म्याग्दी । म्याग्दी र मुस्ताङ जिल्लाबीचको सीमा विवाद समाधानको लागि तीन बुँदे समझदारीसहित दुई जिल्ला प्रतिनिधी रहेको संयुक्त समिति गठन भएको छ ।
लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार मुस्ताङको देउरालीमा दुई जिल्लाको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरोकारवालाको टोलीले तीनबुँदे समझदारीसहित एक संयुक्त समिति गठन भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र मुस्ताङको थासाङ गाउँपालिका–४ बादरजुङ, चरन क्षेत्र, विकास निर्माणलगायत विभिन्न विषयमा पटक–पटकको समस्यालाई समाधान गर्न उपसमितिले नापी विभागसँग समन्वय गरी आवश्यकता अनुसार स्थलगत अनुगमन समेत गरी छिट्टै समाधान गर्ने सहमति गरेका छन ्।

दुवै जिल्लाको सिमाना क्षेत्रमा जडिबुटी,पशुचौपाय चरनक्षेत्र प्रयोगमा स्थानीयबीच विवाद उत्पन्न हुने गरे पनि समाधानको दिर्घकालिन उपायको खोजी हुन सकेको थिएन ्।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर केसी, मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, म्याग्दीका प्रजिअ ज्ञाननाथ ढकाललगायत स्थानीय वडा प्रतिनिधि, स्थानीयबासीको उपस्थिती रहेको थियो। थाहा खबर बाट

Facebook Comments