मौसम बदली पहाडी भेगमा पानी पर्ने उच्च हिमाली भेगमा भारी हिमपात हुने

पोखरा मंसिर २४ । भोलि बेलुकीदेखि देशभरको मौसम बदली भएर उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको र बुधबार बेलुकासम्म नेपाल प्रवेश गर्ने भएकाले बुधबार बेलुकीदेखि नै यसको असर नेपालमा पर्ने देखिएको मौसमविद्ले बताएका छन्।

यो प्रणालीको असर बुधबार रातीदेखि नेपालको पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा र बिहीबार मध्य र पूर्वका उच्च पहाडी र हिमाली भेगमा देखिने छ।
यो प्रणालीका कारण भारी हिमपात हुने र देशभरकै मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेकाले देशभरी नै चिसो बढ्ने छ ।

Facebook Comments