मौसम परिवर्तनसंगै चीसो वढ्यो, हल्का हीमपात, वर्षाको संभावना, यात्रामा सर्तंकता अपनाउनुस्

आरजू/पोखरा, कार्तिक ०५

मौसम परिवर्तन संगसंगै चीसो वढेको छ । मौसम पुर्वानुमान महाशाखमका अनुसार अरब सागरको पूर्वी (मध्य भागमा विकशित भएको न्यून चापीय प्रणाली का साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदलि आएको हो । हाल देशभर आंशिक देखि सामान्य बदली भईरहेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०५ गते मंगलबार दिउँसो देशका मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने भएको छ । बांकी भुभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

आज राती देशका मध्य तथा पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ०६ गते बुधबार

दिउँसो देशका मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने, भुभागमा आंशिक बदली रहने भएको छ । पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने र बांकी भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भुभागमा हल्का हिमपातको संभावना रहेको छ ।

कार्तिक ०७ गते बिहिबार

दिउँसो देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भुभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भुभागमा हल्का हिमपातको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

राती देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु(भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भागमा हल्का हिमपातको संभावना रहेको छ ।

आगामी २४ घण्टामा पहाडि भुभागमा हल्का वर्षाको सम्भावना रहेको र ति स्थानहरुमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरिएको छ ।

Facebook Comments