मौन अवधिमा निर्वाचन आचार संहितालाई सबैले पूर्ण रुपमा पालना गर्नुपर्छ :थापा(video)

‘अपराध गरेको खण्डमा २५ हजार जरिवाना छ, नतिरेको खण्डमा कैदको व्यवस्था ‘

आरजू विष्ट सल्यानी
पोखरा, मंसिर १२

नेपाल वार एशोसिएशनका उपाध्यक्ष, अधिवक्ता सुरेन्द्र थापा मगरले निर्वाचनको मौन अवधि वुधवार रातिबाट शुरु भएकोले यो अवधिमा निर्वाचन आयोगले निर्धारण गरेको आचार संहितालाई पूर्ण रुपमा पालना गर्नुपर्ने सबैको दायित्व भएको बताउनु भएको छ ।

मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाईदैन, मौन अवधि अगाडी मतदान केन्द्रको ३ सय मीटर वरपर राखिएका निर्वाचनसंग सम्वन्धित प्रचार सामग्रिहरुलाई पनि हटाउनु पर्छ, एसएमएस, भाईबर, फेसबुक वा सामाजिक संजालबाट मत माग्न र निर्वाचनको प्रचार प्रसार गर्न नपाईले बताउनु भयो ।

बिहिवार रेडियो अन्नपूर्णको छलफलमूलक कार्यक्रम आजको वैठकमा सहकर्मि दीपेन्द्र श्रेष्ठसंग कुराकानि गर्दै मौन अवधिमा गर्न हुने नहुने प्रावधानका बारेमा बोल्दै थापाले सबैभन्दा वढि आम मतदाता सचेत हुनुपर्ने बताउनु भयो । मतपत्र र मतदान मतदाताको मौलिक अधिकार, सार्वभौम अधिकार हो, उहाँले भन्नुभयो :“मतदातले आफ्नो विवेक प्रयोग गर्ने हो, बिक्ने होईन, कोहि कसैले सामाजिक संजालमा समूह बनाएर कामहरु गरेको छ भने कुनै न कुनै रुपमा बाहिर आउँछ, त्यस्को निरीक्षण् पनि भईरहेकोले त्यसो गर्न नपाईने बताउनु भयो, यदि कसैले गरेको खण्डमा कारबाहि हुन्छ ।

by:aarju

कुनैपनि विद्युतिय वा छापा माध्यमले उम्मेदवारको बारेमा कुनै प्रकारको प्रचारप्रसार गर्न नपाईने व्यवस्था निवाचन आचार संहितामा प्रष्ट लेखिएको छ । मतदाताको हकमा सबै मतदाताहरु सम्वन्धित केन्द्रमा मतदाता परिचय पत्र लिएर जानुपर्छ, परिचय पत्र नभएको खण्डमा सरकारद्धारा जारि गरिएको कुनैपनि परिचय खुल्ने निस्सा लिएर गएमा, मतदाता हो भन्ने लाग्यो भने मतदान अधिकृतले मतदानमा सहभागि गराउने व्यवस्था रहेको थापाले बताउनु भयो ।

सकसम्म मतदाता आफैं उपस्थित भएर परिचय पत्र लिनुपर्छ, उपस्थित हुन नसके परिवारको सदस्यलाई बुझिलिन आयोगले अनुमति दिन्छ अन्यले लिन नपाईने अधिवक्ता थापाले बताउनु भयो । मतदात परिचय पत्र बाहेक नागरीकता, लाईसेन्स, पासपोर्ट, लालपूर्जा वा सरकारी निकायबाट परिचय खुल्ने निस्सा लगेको खण्डमा निर्वाचन अधिकृतले मतदाता हो भन्ने लागेमा मतदानको लागि अनुमति दिन सक्छन् ।

मतदान क्षेत्रमा शान्ति भंग गर्न पाईदैन भने वरिपरी वातावरण विथोल्ने, लाउडस्पिकर आवाज सुनाउन, वजाउन पाईन्न । निजि घरमा पनि ध्वनि प्रद्षण हुने खालका काम गर्न पाईन्न । मतदान केन्द्रको ३ सय मिटर वरिपरी साउण्ड सिस्टम वजाउन पाईन्न । छोटो सन्देश, सामाजिक संजाल, भेजभेतर, हुलगंगा गर्न नपाईने व्यवस्था आयोगले आचार संहितामा उल्लेख गरेको छ । यस्तै पाईन्न । हात हतियार लिएर जान नपाईने, विषालु पदार्थ, लाईटर, क्यामरा, मोवाईल लगायतका विद्युतिय सामग्री लैजान बन्देज गरिएको छ ।

हामीकहाँ मतदाता शिक्षामा पनि कमि छ । मतबदर हुने गरेको पनि पाईन्छ । मतदानको अधिकार एउटाको अर्कोलाई हुँदैन, थापाले भन्नुभयो :“अन्यलाई मतदान गर्ने अधिकार छैन, कानून अनुसार त्यो अपराध हो, अपराध गरेको खण्डमा २५ हजार जरिवाना छ, नतिरेको खण्डमा कैदको व्यवस्था समेत छ ।

गोप्य मतदान नि त निर्वाचन भनेको, अधिवक्ता थापले भन्नुभयोः“कुनै व्यक्तिले कसैलाई मत हालेको देखाउने र प्रभाव पार्ने देखियो भने त्यस्तो व्यक्तिलाई १५ हजार जरिवाना हुन्छ, उजुरी पर्यो भने कारबाहि हुन्छ । मत हाल्नेले पनि मत हालेको देखाउन पाईन्न, भोट फलानालाई हाले भनेर भन्न पनि पाईदैन ।”

मंसिर १४ गते बिहान ७ वजे सबैले आ–आफ्नो परिचय पत्र लिएर लाईनमा बस्ने हो । पालो आएपछि मतपत्रमा निर्वाचन चिन्ह छ छैन, निर्वाचन अधिकृतको सहि छ छैन हेर्नुपर्छ, स्वस्तिक छाप सहि छ छैन हेर्नुपर्छ । छापमा प्लास्टिक उप्केको छ छैन, मसिदानीमा प्लास्टिक उप्केको, मसिदानी सुकेको छ छैन हेर्नुपर्छ । त्यसपछि रोजेको पार्टीको चुनाव चिन्हमा स्वस्तिक छाप लगाउने कोठामा एउटा मात्र छाप लगाउने हो । छाप कोठा बाहिर पर्यो भने मत बदर हुन्छ । सकेसम्म कोठाभित्र निर्वाचन चिन्ह भएको नजिक खालि ठाउँमा लगाउनु पर्छ ।

Facebook Comments