मौजालाई पर्यटन, कृषि र खेलकूदको केन्द्र बनाउछौँ : विद्या

मंसिर १०, पोखरा ।

नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलो अन्तिम चरणमा पुगेको छ । चरणबद्ध रुपमा तालिका मिलाएर घरदैलो गरिरहेको नेकपाले उम्मेदवार सहित सोमबार पोखरा २० मौजामा मतदाता भेट गर्दै मत मागिरहेको छ ।

जनताको घरदैलोमा पुगेकी विद्यालाई स्थानीयहरुले भव्य रुपमा स्वागत गर्दै विजयको शुभकामना दिएका छन् । घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार विद्या भट्टराई अधिकारीले विकासको क्रमलाई तीब्र बनाई मौजालाई पर्यटन, कृषि र खेलकूदको केन्द्र बनाउने बाचा गरिन् । खानेपानीको अभाव पूर्तिका लागि एक घर एक धारा अभियान सफल पार्ने बताउँदै उनले समृद्धिको जग बसिसकेकाले ईटा थप्न आफ्नो भूमिका महत्वपूर्ण रहने विश्वास दिलाईन् ।

सभामा बोल्दै नेकपा गण्डकी प्रदेश सहईन्चार्ज खगराज अधिकारीले अन्य दलको जीतले सुरु भएका अधुरा पूरा नहुने भन्दै नेकपाकै जीत आवस्यक रहेको बताए ।

सो अवसरमा नेताहरु मनबहादुर गुरुङ, श्रीनाथ बराल, विश्वप्रकाश लामिछाने, भीमप्रसाद गुरुङ, गञ्जमान गुरुङ लगायतले सम्बोधन गरे । उक्त ठाउँमा मौजा गाउँ, आटिघर, लामडाँडा, विसौना, लगायतका स्थानमा घरदैलो जारी रहेको छ । घरदैलोमा कलाकारहरु कृष्ण भण्डारी, शिवहरी ढुंगाना, मनकुमार श्रेष्ठ लगायतले साँस्कृतिक प्रस्तुती राखेका छन् ।
वडामा पनि चुनावी कार्यक्रम जारी


चुनावी अभियान अन्र्तगत वडा नं ४ मा घरदैलो गरिएको छ । रामबहादुर कोईराला, रामजी गौतम, विष्णुहरी पौडेल र नर्वदा अधिकारीको टोलीले उक्त क्षेत्रका ५ स्थानमा पुगी मत मागेको छ ।
वडा नं ९ मा पनि चुनावी अभियान जारी छ । टोलहरुमा गठन गरिएका निर्वाचन परिचालन कमिटिको बैठक सम्पन्न भएको छ भने बुधबार हुने कार्यक्रमका लागि तयारी भईरहेको बताईएको छ । वडा नं १५ मा शिवशक्ति टोल, निर्मल टोल लगायतका स्थानमा कोणसभा सम्पन्न भएको छ । सभामा बोल्दै चुनावी कमाण्डर बखान सिंह तमुले सूर्यमा मतदान गरि उम्मेद्वार विद्या भट्टराईलाई विजयी गराउन अपील गरे ।


यस्तै वडा नं ८ मा पनि मतदाता केन्द्रित घरदैलो गरिएको छ । नयाँबजारका विभिन्न ठाउँमा पुगी टोलीले मत माग्ने कार्य जारी रहेको बताईएको छ । उक्त वडामा वडा अध्यक्ष रुद्रनाथ बराल, वडा कमिटि अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी, चुनावी कमाण्डर शारदा सुवेदी लगायतले घरदैलो गरेका छन् ।

यता पोखरा २१ कृष्ति नाच्नेचौरको व्यूलीपिपल र राम्नीमा वडास्तरीय चुनावी सभा गरिएको छ । सभालाई नेता खगराज अधिकारी, ठाकुर गैह«े र चुनावी कमाण्डर दिपक पौडेल लगायतले सम्बोधनगरे । सो असवरमा बोल्दै नेताहरुले पञ्चायतकालदेखि नै क्षेत्र नं २ कम्यूनिष्टको अखडा भएकाले विजय यात्रा निश्चित रहेको बताए ।


यस्तै वडा नं ४, ७, १६, १७, र ३३ मा पनि मतदाता केन्द्रित घरदैलो, कोणसभा, र टोल कमिटि बैठकहरु भएका छन् । सबै वडाले बुधबार भोलि हुने आमसभालाई सफल पार्न तयारी तीब्र पारेका छन् भने वडाबासीलाई सहभागिताका लागि आग्रह गरेका छन् ।

Facebook Comments