मोदीलाई हवाई रुट प्रयोग गर्न दिन पाकिस्तानद्वारा अस्वीकार

कार्तिक ११, एजेन्सी–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणका क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रहलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

भारतले प्रधानन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणका लागि पाकिस्तानसँग उसको हवाई क्षेत्र प्रयोगका लागि अनुमति मागेको थियो ।

आइतवार पाकिस्तानी विदेश मन्त्री शाह महमद कुरेशीले भारतको अनुरोध खारेज गरिएको बताए । कुरेशीले यसबारे पाकिस्थानस्थित भारतीय दूतावासलाई सूचना दिइएको जनाएका छन् ।

पछिल्लो दुई महिनामा यो दोस्रो पटक भएको हो जब पाकिस्तानले प्रधानमन्त्री मोदीको भ्रमणका लागि आफ्नो हवाई क्षेत्रको अनुमति दिएन । यसअघि भारतले २० सेप्टेम्बरमा पाकिस्तानसँग मोदीको जर्मनी यात्राका लागि पाकिस्तानी हवाई क्षेत्र प्रयोगको अनुमति मागिएको थियो, त्यतिबेला पनि पाकिस्तानले अनुमति दिन इन्कार गरेको थियो ।

पाकिस्तानले इन्कार गरेसँगै सोमबार प्रधानन्त्री मोदीलाई एयर इन्डियाको विमानबाट साउदी पुग्नका लागि लामो यात्रा गर्नुपर्ने भएको हो ।

मोदी साउदी अरब पब्लिक इन्भेस्टमेन्ट फन्डको तर्फबाट आयोजित इन्वेस्टमेन्ट समिटमा सहभागी हुन जान लागेका हुन् ।खबरहब

Facebook Comments