मेरो विश्वास : ‘जित सुनिश्चित छ’-विद्या भट्टराई(video)

by:aarju

आरजू/कात्तिक २३, पोखरा-कास्कीमा प्रतिनिधिसभा उपनिर्वाचनको लागि दलहरुले आआफ्नो चुनावि गतिविधिलाई तिब्र बनाएका छन् । मंसिरको १४ गते देशका ५२ स्थानमा प्रतिनिधि सभा तथा प्रदेश सभा, गाउँपालिका र रीक्त भएका वडामा निर्वाचन हुन लागेको हो ।

कास्कीका अन्य निर्वाचन क्षेत्र भन्दा क्षेत्र नं २ अलि वढि चर्चामा रहेको छ । तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जित हाँसिल गरेको क्षेत्रमा उहाँको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि रीक्त स्थानका लागि दलहरुले निर्वाचनलाई महत्वपूर्ण मानेका छन् ।

चुनावि जितमा ह्याट्रिक गरेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि उक्त क्षेत्रमा नेकपाले धर्मपत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाएको छ । भट्टराई अहिले चुनावि प्रचारमा घरदैलोमा व्यस्त रहनु भएको छ ।

आज बिहान रेडियो अन्नपूर्णमा अन्नपूर्णकर्मि दीपेन्द्र श्रेष्ठसंग कुराकानि गर्दै भट्टराईले आफ्नो जीत सुनिश्चित भएको दावि गर्नुभयो ।

मैले लामो समयदेखि राजनीतिमा आवद्धता जनाउँदै आईरहेकि छु, प्राध्यापनको क्षेत्रमा रहँदा अदृश्य थिएँ, अहिले देखिने गरी चुनावि मैदानमा खडा भएकि छु, मलाई विश्वास छ जित सुनिश्चित छ ।”

Facebook Comments