मेरो नेपालको २ टिम बाहिरीयो

पोखरा, ८ कात्तिक । मेरो नेपाल युवा क्लबले आयोजना गरेको पोखरा १४ मझेरीपाटन स्थित रामेश्वरि खेल मैदानमा जारी पाचौ मेरो नेपाल सेभेन ए साइड फुटबल पोखरा मझेरीपाटन स्थित रामेश्वरी खेल मैदानमा जारी पाँचौ मेरो नेपाल कपको सेमिफाइनलमा आयोजक मेरो नेपाल निलो , एलजी एसोसिएसन , चाउथे बि र संगम फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक मेरो नेपाल निलोले आर.के.टि.एफसीलाई ३(१ गोलले पाखा लगाउदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । आयोजक निलोको जितमा प्रज्वल गुरुङले दुई तथा हरि गुरुङले एक गोल गरे भने आर.के.टि. को जितमा साहिल गुरुङले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच आयोजक निलोका प्रज्वल गुरुङ घोषित भए ।

त्यस्तै तेस्रो खेलमा एलजी एसोसिएसनले मिलनटोललाइ टाइब्रेकरमा २(० गोलले हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धा्रित समयको खेल गोल रहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलको म्यान अफ दि म्याच एलजीका आकाश रानाभाट घोषित भए ।

त्यस्तै चाउथे बि ले शिवमार्ग एफसीलाइ ५(१ को फराकिलो गोल अन्तरले पाखा लगाउदै सेमिफाइनल प्रवेश गरेको छ । चाउथेको जितमा अजित गुरुङले ह्याट्रिक गरे भने हेमन गुरुङ र उत्तम गुरुङले समान एक एक गोल गरे । शिवमार्गको लागि विकास ओझाले सान्त्वना गोल गरे । खेलको म्यान अफ दि म्याच अजित गुरुङ घोषित भए ।

शुक्रबार भएको अन्तिम क्बाट र फाइनल खेल माटेपानी फुटबल क्लब र संगम फुटबल क्लब बिच भएको थियो । उक्त प्रतियोगितामा टाइब्रेकरमा पुरेर ५– ४गोल अन्तर पादै संगमक फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । निधारीत समय सम्म दवै टिमको तर्फबाट २–२ गोल भएपछी खेल ट्राइब्रेकरमा पुगको हो ।

प्रतियोगिता अन्तरगत शनिबारको पहिलो सेमिफाइनल खेल आयोजक मेरो नेपाल निलो र एलजी एसोसिएसन र दोस्रो सेमिफाइनल खेल चाउथे बि र संगम फुटबल क्लब बिच हुने क्लबका प्रचार प्रसार संयोजक पृथ्वी कुवरले जानरकारी दिए । सेमिफाइनल संगै फाइनल खेल पनि शनिबार नै हुने कार्याक्रम संयोजक एकेन्द्र कुवँरले जानकारी दिए । क्बले सार्वजानीक व्यामशाला निमार्ण गर्ने दिवश कुँवरले बताए ।

Facebook Comments