मेयर जिसि खुरुखुरु पुग्दा आयोजक छक्क, ‘खेलकुदले महानगरको स्वास्थ्य अभियानलाई सघाए’:जिसि

आरजू विष्ट सल्यानी
अनलाइनअन्नपूर्ण/पोखरा, फागुन ०५

दिईएको समयमै आउनु होला भनेर ढुक्कले पर्खेर बसेका आयोजक मण्डलका सदस्यहरु कार्यक्रम शुरु हुनु भन्दा अगाडी नै प्रतियोगितास्थलमा खुरुखुरु एक्लै पुग्नु भएका पोखरा महानगरपालिका मेयर मान बहादुर जिसिलाई अचानक देखेपछि आयोजक पुन यूनाईटेड क्लवका सदस्यहरु छक्क परे ।

by:aarju

सोमवार नीदपुरस्थित कारपाकेली परिवारको भलिवल कोर्टमा आयोजना गरिएको सातौं पुरुष, महिला तथा प्रौढ भलिवल प्रतियोगिताका प्रमुख अतिथि जिसि प्रतियोगितास्थलमा पुग्ने बित्तिकै हतार हतार संयोजक चन्द्र बहादुर पहरे पुन मगर र क्लवका अध्यक्ष शिव पाईजाले हात समाउँदै मञ्चमा लैजानु भयो ।

अचम्मै पो भईयो त, मेयर साब हामीले पुख्र्यौली गीत, वाजागाजाले स्वागत गर्नै पाएनौ, मेजर पुनले भन्नुभयो ः“हो हामी सबैले केहि गर्दाखेरि समयको ख्याल गरेर गर्नुपर्छ, मेयर साबलाई दिईएको समय भन्दा उहाँ अगाडी नै आउनु भयो, यस्तो राम्रो कुराको सिको गर्न सबैले सिकौं ।”

कार्यक्रमलाई संवोधन गर्दै मेयर जिसिले खेलकुदको माध्यमले स्वस्थ जनता बनाउन सकिन्छ भन्ने मान्यतामा महानगर छ, आयोजना गरिने खेलकुदसंग सम्वन्धित कार्यक्रममा सहयोग रहने बताउनु भयो । उहाँले भन्नुभयो ः“हामीलाई यहाँका संघ, सस्ंथा र क्लवहरुले आयोजना गर्ने खेलकुदका कार्यक्रमले सघाएका र महत्वपूर्ण भूमिका खेलेका छनु् ।”

मेयर जिसिले खेलकुदलाई माध्यम बनाएर शिक्षा, स्वास्थ्यको लागि अक्षय कोष निर्माणार्थ आयोजित कार्यक्रमलाई मैले बुझेको छु, पारदर्शिताको लागि बडेमानको नेपाली कागजको रजिष्टर सहयोगदाताको तीन पुस्ते लिखत राख्नका लागि ल्याईएको रहेछ, उहाँले भन्नुभयो, ः“यस अभियानका लागि महानगरको तर्फबाट सहयोग गर्छौं, कार्यपालिका सदस्य रविन्सन प्रजु यहिं हुनुहुन्छ, हैन रविन जी ? महानगरले सहयोग गर्छ मेजरसाप महानगरमा आउनुस् ।”

प्रतियोगिता संयोजक मेजर चन्द्र बहादुर पुन मगरले मोटो रजिष्टर देखाउँदै भन्नुभयो ः“हामी विपन्न वर्गका वालवालिकाको शिक्षा, स्वास्थ्यको लागि हरेक वर्ष खर्च गर्छौं, सहयोगदाताहरुको सहयोगको तीन पुस्ते लिखित विवरण राख्छौं, यो सबै गर्नु भनेको आर्थिक पारदर्शिताका लागि हो ।” हामी सबै समयलाई ख्याल गरेर अघि बढ्नुपर्छ र काम गर्नुपर्छ ।”

नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष हर्क बहादुर पहरे पुनमगरले खेलाडी राष्ट्रका गहना भएकोले उनिहरुलाई हौसला जगाउने काम गर्नुपर्ने बताउनु भयो । आयोजकको उदेश्य धेरै राम्रो भएकोले लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन सत्रमा कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । प्रतियोगितात्मक खेलहरु औपचारीक रुपमा मंगलवार बिहान ८ वजेबाट संचालन हुने क्लवका अध्यक्ष शिव पाईजाले जानकारी दिनुभयो ।

by:aarju
Facebook Comments