मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा, हल्का हिमपातको सम्भावनाः सतर्क रहौं

अनलाइनअन्नपूर्ण/पोखरा, फागुन १४

देशमा पुर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ भने मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पूर्वी भू(भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पश्चिमी भू(भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको पूर्वी भू(भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको मध्य भू(भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक(दुई स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू(भागमा सामान्य बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

फागुन १६ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशको पश्चिमी भू(भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू(भागमा आंशिक बदली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका मध्य तथा पुर्वी भू(भाग साथै पश्चिमी पहाडी भू(भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

Facebook Comments