मुस्ताङमा लेक लागेर भारतीय महिलाको मृत्यु

जोमसोम ८ कार्तिक । मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न आएकी एक भारतीय महिलाको शुक्रबार लेक लागेर मृत्यु भएको छ। भारत तामेलनाडु मधुराइ घर भएकी ६० वर्षीया गीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अधिकारीका अनुसार शुक्रबार प्लेनमा पोखराबाट जोमसोम आएकी उनी शुक्रबार बिहान जोमसोममा खाजा खाएर मुक्तिनाथ दर्शन गर्न गएकी थिइन्। मुक्तिनाथ दर्शनपछि जोमसोम फर्किने क्रममा मुक्तिनाथमै श्वाशप्रश्वासमा समस्या देखिएको थियो।

स्ट्रेचरमा राखेर मुक्तिनाथ दर्शन गराइ फर्काउने क्रममा रानीपौवा बजारमै उनी बेहोस भएको अधिकारीले बताए। आफन्तले अचेत भएकी गीतालाई जोमसोम अस्पतालमा ल्याएको थियो। अस्पताल ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।

पोखराबाट प्लेनमा ७२ जना भारतीय तीर्थालु मुक्तिनाथ दर्शनका लागि शुक्रबार बिहान जोमसोम आएका थिए। उनीहरु जोमसोमस्थित होटल ट्रेकर्स इनमा बसेका छन्। मृतकका भाइ विजय प्रभुले सामान्य बिरामी अवस्थाकी बहिनीको यात्रामा श्वासप्रश्वासमा समस्या आएको बताए। शव काठमाडौं लगेर पोष्टमार्टम गरी भारत लैजाने उनले जानकारी दिए।

यसअघि पनि उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटक पटक(पटक लेक लागेर बिरामी पर्ने गरेका छन्। असोज महिनामै ५ विदेशी पर्यटकको हेलीमार्फत उद्धार भइसकेको छ भने एक वर्षअघि लेक लागेर एक भारतीय तीर्थालुको मृत्यु भएको थियो। अन्नपुर्ण

Facebook Comments