मुस्ताङको संस्कृति पोखरामा

दीननाथ बराल पोखरा ९, पुष । नेपालको ऐतिहासिक तथा सांस्कृतिक रुपमा पहिचान बनाएको मुस्ताङको कला संस्कृति पोखरामा प्रर्दशन गरिएको छ । मुस्ताङका ३८ बर्षीय छिरीङ फोन्जो गुरुङद्धारा कोरिएका मुस्ताङका ऐतिहासिक तथा सांस्कृतिक धरोहर सहितका सांस्कृतिक बिषय बस्तु सहितको जिवन शैलि समेटिएको चित्रकला पोखरामा प्रर्दशन गरिएको हो संस्कृति ।

कलाकार गुरुङले कोरिएका साना ठुला गरी ४३ वटा चित्रहरु पोखराको होटल बाराहीमा तीन दिनको लागि हाल प्रर्दशन गरिएको छ । एक बर्षको समय लगायर उनले आफ्नो गाउँ ठाउँको मठ, मन्दिर, गुम्बा सहितको त्यहाँको खानपिन एवं जिवन शैलिलाई समेटेर आफ्नो क्यानभाष मार्फत चित्रको माध्यमबाट आम जनता माझ प्रर्दशनी गर्न पोखरामा आएका हुन्। तेश्रो संस्करणको चित्र कला प्रर्दशनी पोखरामा भएको कलाकार गुरुङले बताए । उनका अनुसार पहिलो काठमाण्डौं तारा म्युजिएममा र दोश्रो संस्करणको लोमाङथाङ महोत्सवमा प्रर्दशनी भएको थियो ।

कक्षा ५ सम्मको अध्ययन गरेका कलाकार गुरुङ रोजगारको अवसर खोज्दै कोरियामा ४ बर्ष विताए पनि कलाकारीतालाई निरन्तरता दिदै आउदा हाल विदेशमा भन्दै स्वदेशै केही गर्न सकिन्छ भनेर विभिन्न ठाउँमा चित्र कला प्रर्दशनी गरेकाछन्। उनले कोरेका चित्रको न्यूनतम ६ हजार देखि अधिक्त्तम ४५ हजार मुल्य सम्मका चित्रहरु प्रर्दशनीमा राखिएको छ । चित्र कलाबाटै मासिक ५० हजार देखि २ लाखसम्म आम्दानी गर्न सक्ने उनी बताउछन्। आफ्नो गाउँ ठाउँमा आफु जस्ता धेरै कलाकार प्रचार प्रसारको कमिले उनीहरु समाजमा आउन नचाहेर प्रतिभा लुकेको उनको भनाइछ । आफ्नो गाउँ ठाउँको पुराना मठ मन्दिर सहितको संस्कृतिलाई जिवन्त राख्न अर्थात पुनः निर्माण गर्नु पर्दा सहज हुने उद्धेश्यले आफुले सांस्कृतिक बिषय बस्तुलाई बढी केन्द्रित गरुी चित्रमा उतारेको कलाकार गुरुङले बताए ।

यसैबिच, मुस्ताङको पर्यटन प्रबद्र्धन, ऐतिहासिक, कला र संस्कृतिको संरक्षण भन्ने मुल नारा सहित बुधबार देखि पोखरामा सुरु भएको एकल चित्रकला प्रर्दशनीको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घाटन गर्दै यस्ता कार्यक्रमले पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Facebook Comments