“माहा” चक्रबातको असर तत्काल नेपालमा पर्दैन- महाशाखा

काठमाडौं कार्तिक १७ । जल तथा माैसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा छिटफुट वर्षाको साथै उच्च हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मशाशाखाले पुर्वानुमान गरेको छ ।

महाशाखाले “माहा“ नामकरण गरिएको अर्को शक्तिशाली चक्रबात अरब सागरको दक्षिण–पूर्वि भागमा विकसित भइरहेको जनाएको छ । यो प्रणालि उत्तर–पश्चिमि दिशातर्फ बढिरहेको र तत्कालै यस प्रणालीको प्रभाव नेपालमा नपर्ने जनाएको छ ।

तीन दिनको मौसम

कात्तिक १७ गते (आइतबार)

दिउँसो : देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा छिटफुट वर्षाको साथै उच्च हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशको पहाडी भस्भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक १८ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक १९ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।खबरहब

Facebook Comments