मालपोत कार्यालयका निमत्त प्रमुख ५ लाख घुससहित पक्राउ

सिरहा ६ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल ५ लाख घुससहित पक्राउ परेका छन् ।उच्च अदालत जनकपुरको राजविराज इजलाशको पुनरावेदनमा विचाराधीन रहेको जग्गासम्बन्धी मुद्दाको लागि आवश्यक पर्ने कागजात उपलब्ध गराउनका लागि भन्दै लिएको ५ लाख घुससहित मण्डल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले मण्डलाई घुससहित पक्राउ गरेको हो ।मण्डलाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । खबरहब

Facebook Comments