मार्फा थकाली युवा सञ्जालले बाड्यो राहात


पोखरा बैशाख १८
मार्फा थकाली युवा सञ्जाल कास्कीले राहात बितरण गरेको छ । विश्ब्यापी माहामारीको रुपमा फैलीएको कोरोना भाइरसले गर्दा भएको लकडाउनले समस्यामा परेका पोखरा ९ बसर्पाकमा रहेको कृष्ण टोलको सुकुमबासी बस्तीमा बुधबार राहात बितरण गरेको हो ।

मार्फा थकाली सञ्जाल र बडा नम्बर ९को सहकार्यमा एक घर बराबर१० केजी चामल, १केजी दाल, १ केजी नुन र १ वटा भाडा माझ्ने साबन ३१ घरको लागी बितरण गरेको मार्फा थकाली सञ्जाल कास्कीकी अध्यक्ष सुकु हिराचनले बताइन ।बितरण कार्यक्रममा कृष्ण टोल बिकास सस्थाको अध्यक्ष दुर्गा गुरुङ र कृष्ण टोल आमा समुहकी अध्यक्ष रुपा केसीको उपस्थिति रहेको थियो ।

Facebook Comments