मार्फा थकाली युवा सञ्जालद्वारा १४० विद्धार्थीलाई न्यानो सामग्री वितरण

शुसिल ज्वारचन/पोखरा कात्तिक २०-मार्फा थकाली युवा सञ्जालद्वारा जनवाल मा.वि. मार्फा, मुस्ताङ्गमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको लागि चकटी तथा १४० विद्धार्थीहरुलाई न्यानो सामग्री वितरण गरीएको छ । उक्त सामान झण्डै रु ५० हजार बराबर रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुराज हिराचन, प्रधान अध्यापक टेक बहादुर राना, विद्यालयका शिक्षक, शिक्षिका, सञ्जालका संस्थापक अध्यक्ष देव कुमारी हिराचन, अध्यक्ष सुकु हिराचन, सदस्य सोनी हिराचन र सदस्य ईन्द्र लालचनको उपस्थिति रहेको थियो । सचिव मनु हिराचनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments