समाजवादी पार्टी कास्कीको घोषणाः उम्मेदवार ईन्जिनियर धर्मराज गुरुङ,: “पूरानाले देशलाई माग्ने बनाए, हामी प्रणाली विकास गर्छौं” :गुरुङ-video

आरजू विष्ट सल्यानी/पोखरा, कात्तिक १९-समाजवादी पार्टी कास्कीले मंसिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पार्टीको तर्फबाट ईन्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार घोषणा गरेको छ ।

aarju

मंगलवार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी समाजवादी पार्टीले गुरुङलाई उम्मेदवार घोषणा गरेको हो । पोखरा महानगरपालिका वडा नं १६ रिँजे नासा, रन्जेत गाउँ अर्मला निवासि गुरुङसंग पूर्व वेलायती सेवामा २४ वर्ष तथा संयुक्त राष्ट्रसंघमा १५ वर्ष विद्युतिय तथ्यांक व्यवस्थापन तथा संचार शाखामा अफिसर ईन्चार्जको रुपमा काम गरिसकेको अनुभव रहेको छ ।

पत्रकार सम्मेलनमा आफ्नो उम्मेदवारीका बारेमा बोल्दै गुरुङले सुन्दर देश नेपालललाई मुलुक हाँक्दै आएका पूराना पार्टी र तिनका नेताहरुले माग्ने देश बनाएको बताउँदै, अब यो अवस्थालाई बिल्कुलै आउन नदिन आफुले उम्मेदवारी दिएको बताउनु भयो ।

“नेपाल सुन्दर देश हो, के यस्तो देश काँहिकतै छ ? गुरुङले भन्नुभयो :“मुलुकले उपयुक्त निकास खोजिरहेको छ, राजनीतिक विकल्प खोजिरहेको छ, हो त्यहि विकल्प दिन समाजवादी आएको छ र म एउटा उम्मेदवार प्रतिनिधिसभा उपनिर्वाचनमा कास्की क्षेत्र नं २ को लागि खडा भएको छु ।”

मुलुकको शासन व्यवस्था, भईरहेका घटनाक्रमहरुले जनतालाई निरास बनाएको छ, जनता आजित भईरहेको बेलामा हामी ईमान जमानकासाथ आएका छौं, जनताको बिचमा क्रियासिल भईरहेका छौं, उहाँले भन्नुभयो ः“देशमा पूराना पार्टी र तिनका नेताहरुले गरेका कामहरु सबैमाझ छर्लङ्ग नै छन्, हामी तिनै बिसंती, बिकृतिका विरुद्ध उभिएर सबैको सम्मान हुने ऐन कानून बनाउन, विभेदको अन्त्य गर्न, सुशासन कायम गर्न भ्रष्टाचार, कमिशन, ढिलासुस्ती, कालोबजारीलाई अन्त्य गर्ने अठोट लिएका छौं ।”

मुलुक निर्माण गरेरै देखाउने हो, यो हाम्रो प्रतिवद्धता हो, परम्परागत राजनीतिको विकल्प हामीले दिन सक्छौं, उम्मेदवार गुरुङले भन्नुभयो ः“जनप्रतिनिधी वा नेताहरु जागिरे होईनन्, जागिरे जस्तो बन्ने पनि होईन, नेता जनताको सेवक बन्नुपर्दछ, मुलुकलाई समृद्धशालि बनाउन योजना र सबैलाई सुहाउने प्रणाली हुनुपर्छ, हामी त्यो बनाउँछौं ।”

देशको कानूनले सबैलाई समान देख्नुपर्छ, सबैलाई सम्मान गरेको अनुभूति दिनुपर्छ, त्यो हामीले पाएका छैनौं, विविधताले भरिपूर्ण मुलकमा सबै जातजातिले फुल्न पाउनुपर्छ, मुस्कुराउन पाउनुपर्दछ, यो होईन कि, केहि केहिले मात्रै, उम्मेदवार गुरुङले “पहिचानको सम्मान, संघीयताको कार्यन्वयन, मुलुकमा सुशासन र समृद्धिसँगै समाजवाद” नै नेपाली राजनीतिको मार्गदर्शन भएको बताउनु भयो ।

aarju

सामाजिक सेवामा उत्तिकै चासो राख्ने गुरुङ गोर्खा कम्युनिटी पोखराको अध्यक्ष, तमु धिं नेपालका पुर्व क्षेत्रीय अध्यक्ष(भिमकालीपाटन तमु समाज) हुनुहुन्छ । उहाँले बिई, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रीकल इञ्जिनियरिङ(फानबोरो कलेज अफ टेक्नोली, युके, १९८१) गर्नुभएको छ । ब्रिटिस सेनामा कार्यरत रहदाँ ब्रिटिश एम्पाएर मेडलको पदवी प्रिन्स चाल्र्स(बेलायत)को बाहुलीबाट पाउनु भएको थियो ।

राजनीतिमा सानैदेखि रुचि राख्ने गुरुङ सन २०१० मा संयुक्त राष्ट्रसंघबाट सेवानिवृत्त पश्चात सक्रृय राजनीतिमा संलग्न रहि समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा समाजवादी पार्टीका नेता गणेशमान गुरुङले प्रदेश प्रमुखको नियुक्तको विषयमा पार्टीको असहमति रहेको बतानु भयो । सरकारमा आफ्ना माग पूरा गराउन दवाव दिन सरिक भएका हौं, संविधान शंसोधन गरि सबैको अपनत्व महशुस हुने संविधान पुर्नलेखनको लागि रहेका हौं, उहाँले भन्नुभयो ः“हामीले ल्याएको संघियताको रक्षा गर्ने सामथ्र्य हामीसंग छ, सरकार छोड्नु परे छोडिन्छ ।”

चुनाव प्रचार प्रसार समिति संयोजक हुम तमुले उपनिर्वाचनमा होमिएको समाजवादीले कसैसंग मिलेर नजाने बरु जनताबाट बद्नाम भइसकेका कांग्रेस, नेकपालाई एक्लै टक्कर दिनेगरी उपस्थित भएको बताउनु भयो । उहाँले भन्नुभयो :“अबको टक्कर कांग्रेस र नेकपालाई हो, उनिहरु दुवै मिलेर आएपनि एक्लै टक्कर दिने हो ।”

यसअघि कार्यक्रमको अध्यक्षता गर्नुभएका समाजवादी पार्टी कास्कीका अध्क्षक्ष गिरीप्रसाद गुरुङले उम्मेदवार ई.धर्मराज गुरुङको बारेमा परिचय दिनुभएको थियो ।

उम्मेदवार ई.धर्मराज गुरुङको प्रतिवद्धताहरु :

१. सबैलाई समान र सम्मान हुने ऐन, कानुन, नियम बनाउन पहल गर्नेछु।विभेद अन्त्यको प्रयास हुनेछ।
२. सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्नेछु।
३. देश गरिब शासक र सत्ता वरपर रहेकाहरु भुँडी फुलाउने संस्कार अन्त्य गर्ने पहल गर्नेछु।कम्तीमा पञ्चायत कालदेखिका शासक र प्रशासकहरुको सम्पत्ति छानविन गरी अबैध सम्पत्ति कमाउनेलाई कारवाही गर्न गराउन माग गर्दै अबैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्नेछु।
४. सेवक र जनप्रतिनीधि बन्नेछु, जागिरे होइन।
५. निर्वाचन क्षेत्र विकासका लागि इमान्दारीपूर्वक प्रतिवद्ध रहनेछु।पर्यटन, कृषि, खेलकुद, सँस्कृतिको क्षेत्र बनाउने पहल गर्नेछु।
६. शिक्षा र स्वास्थ्य निशुल्क, युवा रोजगार एवम स्वरोगारको लागि पहल गर्नेछु।
७. टोलटोलमा सडक, घर घरमा विधुत र खानेपानी सुनिश्चितता गर्नेछु।
८. भूपूका समस्याहरु समाधान गर्न, समान पेन्सन, ऋक्म् क्यान्टिन सेवा, सुविधा र अधिकारका लागि अनवरत पहल गरिहनेछु।
९. पर्यावरणीय÷वातावरणीय सन्तुलनका लागि हरित क्षेत्रको अवधारणा अघि बढाउनेछु।
१०. सुकुम्वासी समस्या समाधान, व्यवस्थित बस्ती वसोवासको लागि पहल गर्नेछु।
११. व्यवस्थित बसपार्क, पार्किङ व्यवस्थापनका लागि पहल गर्नेछु ।
१२. संघीयता, सुशासन, समृद्धि, समाजवादप्रति पुर्ण प्रतिवद्ध रहदै मुलुकको समृद्धिमा जुटिरहनेछु।
१३. जाति, वर्ग, समुदायका राजनीतिक, सामाजिक साँस्कृतिक, आर्थिक, धार्मिक, सामुदायिक अधिकार र पहिचान एवम सम्मानका लागि पहल गर्नेछु।
१४. परदेशका अनुभव र लगानी निर्वाचन क्षेत्र विकासका लागि लगाउन प्रयत्न गर्नेछु।गैर आवाशिय नेपालीको अधिकारका लागि आवाज बुलन्द गर्नेछु।
१५. प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता, मानवअधिकारका लागि सधै प्रतिवद्ध रहदै हनन भएमा आवाज उठाइरहनेछु।
१६. राजनीतिक स्थायित्व र मुलुकको नेतृत्वका लागि प्रत्यक्ष जननिर्वा्चित कार्यकारी राष्ट्रपतिय व्यवस्थाका लागि पहल गर्नेछु।
त्यसैले, समाजवादी पार्टीका इमान, जमानका सक्षम उम्मेदवार ई.धर्मराज गुरुङलाई “हात चिन्ह”मा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउनका लागि हार्दिक अनुरोध गर्दछौं।
…………….
हुमबहादुर गुरुङ
संयोजक,
चुनाव प्रचार प्रसार समिति कास्की

Facebook Comments