माघ २० देखि पोखरा बिराटनगर सिधा हवाई उडान हुने

दीननाथ बराल पोखरा १७, पुष । पोखरा काठमाण्डौं, पोखरा भैरहवा, पोखरा भरतपुर सिधा हवाई सेवा दिदै आएको बुद्ध एयरले पोखराबाट बिराटनगरमा पनि हवाई उडान गर्ने भएको छ ।

आगामी माघ २० गते (फेब्ररि ३ तारिक) बाट पोखरा देखि बिराटनगर र बिराटनगर देखि पोखरा हवाई उडान गर्ने तयारी गरिएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए ।

उनले भने “ पहिलो चरणमा हामीले एउटा १८ सिट क्षेमताको जहाजबाट पोखरा बिराटनगर सिधा हवाई उडान गछौं, यात्रुको चाप र माग भएमा पुनः हवाई उडान तथा ठुलो सिट क्षमताका जहाज समेत राख्न सक्छौं । ” नेपाल भ्रमण बर्षलाई लक्षित गरी बुद्ध एयरले पर्यटन प्रबद्र्धन गर्न समेत पोखरादेखि बिराटनगरलाई सिधा हवाई सेवामा जोड्न लागेको स्टेशन म्यानेजर बरालले बताए । उनका अनुसार पोखरा बिराटनगरको हवाई उडान शुल्क करिब ७ हजार लाग्ने भएको छ ।

पोखरामा बुद्ध एयरले पनि माउण्टेन फ्लाइट दृश्यावलोकनको लागि हवाई जहाज चार्टर समेत गर्दै आएको छ । करिब ३० मिनेटको माउण्टेन फ्लाइटमा हाल १६ सिटे जहाज प्रयोग गरिएको उनले बताए । उनका अनुसार गत बर्ष सन २०१९ मा करिब एक सय ५० भन्दा बढी माउण्टेन फ्लाईट भएको छ ।

माउण्टेन फ्लाइट अन्र्तगत अन्नपूर्ण,माछापुच्छ«े, धौलागिरी लगायतका लगायकता हिमश्रृखनाको नजिकै पु¥याउने गरेको स्टेशन म्यानेजर बरालले जनाए । प्रति पर्यटक (नेपाली) ८ हजार देखि (विदेशी) ९ हजार ५ सय सम्मको शुल्क पर्ने कम्पनीले जनाएको छ ।

Facebook Comments