माघ १० देखि पाउँदुरमा महायज्ञ(video)

पोखरा, माघ ०८

अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ हुने भएको छ ।

मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलले आफूहरु दिनरात नभनी यज्ञको तयारीमा जुटेको स्पष्ट पार्दै यज्ञ मार्फत धार्मिक जागरणमा सहयोग पुग्ने भनाई राखे ।यज्ञमा छिमेकी पालिकासँग पनि समन्वय गरिने उनको भनाई छ।

महासचिव हरिप्रसाद शर्माले व्यक्तिगत स्वार्थका लागि यज्ञ गर्न नलागेको स्पष्ट पार्दै यज्ञको महत्व दिनप्रतिदिन बढ्दै गएको जनाए।यज्ञ अन्र्तगत शिवमहापुराणको कथा प्रवचन, रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण तथा चण्डिपाठ लगायतका कार्यक्रम गरिने भएको छ ।

यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुननिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको छ।

उक्त मन्दिर एक हजार ८ स्वामी स्वर्गद्वारी प्रभु महाराजले वि.स १९६५ सालमा स्वर्गद्वारीबाट प्रसादको रुपमा शिवलिङ ल्याई स्थापना गरेको जनविश्वास छ।मन्दिर प्राचिन शक्तिपिठका रुपमा समेत चिनिदै आएको छ ।

Facebook Comments