माघे संक्रान्ति :माघ १ गते सार्वजनिक बिदा

पोखरा, २९ पुस-गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिको अवशरमा वुधवार (माघ १ गते) सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्तिको अवसरमा सरकारले बिदाको घोषणा गरेको हो ।

थारु, छन्त्याल, मगर र अन्य समुदायले माघी पर्वलाई विशेष कार्यक्रम गरी मनाउँदै आएका छन् । माघिमा तराईमा थारु समुदालयले विशेष नाचगानसहित आफन्त परिवार संगसंगै बसेर खनापानसहित मनाउने गर्छन् भने माघि मेलामा जाने गर्दछन् ।

विशेष गरि माघिमा घर तरुल, वन तरुल, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन रहेको छ । नेवारी समुदायमा तीलको लड्डु र चाकु खाने चलन रहेको छ ।

Facebook Comments