महामारी अमेरिकामा वढि, ५ लाख ३२ हजार ८७९ संक्रमित, २० हजार ५७७ को मृत्यु-“ग्रीनल्याण्ड” ग्रीन जोनमा

एक मात्र देश ग्रीनल्याण्ड ग्रीन जोनमा रहेको छ

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र ३०

विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख ८० हजार ३१५ पुगेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ८ हजार ८२८ पुगेको छ भने ४ लाख ४ हजार ३१ निको भएर घर फर्किएका छन् ।

विश्वभर अझैं १२ लाख ६७ हजार ४५६ वटा कोरोनाभाइरसका सक्रिय केस रहेका छन् । ति मध्य ५० हजार ५९२ जनाको अवस्था गम्भिर रहेको छ भने १२ लाख १६ हजार ८६४ जनाको अवस्था सामान्य रहेको छ । आईतवार बिहानसम्म नयाँ केस ५७२ थपिएका छन् भने ४९ जनाको मृत्यु भएको छ । आईतवार बिहानसम्म विश्वमा ५७२ नयाँ संक्रमित भेटिएका छन् भने दक्षिण कोरियाकम ३, अष्ट्रेलियामा १, मेक्सिकोमा ४० होण्डुरसम १, बोलिभियामा ४ गरि ४९ जनाको मृत्यु भएको छ ।

एक मात्र देश ग्रीनल्याण्ड ग्रीन जोनमा रहेको छ । त्यहाँ कोरोनाका ११ केस थिए भने ११ जना नै पूर्ण निको भएर सामान्य जिवनमा फर्किएका छन् । त्यहाँ ७७० जनाको नमूना परिक्षण गरिएको थियो ।

अमेरिका अहिलेसम्म ५ लाख ३२ हजार ८७९ संक्रमित भएका छन् । जहाँ २० हजार ५७७ मानिसको मृत्यु भएको छ । ३० हजार ४५३ जना निको भएका छन् भने ४ लाख ८१ जहार ८४९ वटा सक्रिय केसहरु रहेका छन् । ११ हजार ४७१ को अवस्था गम्भिर रहेको छ । मेरिकामा २६ लाख ७० हजार ६७४ जनाको नमूना परिक्षण गरिएको छ ।

स्पेनमा स्पेनमा १ लाख ६३ हजार २७ जनामा संक्रमण देखिएको छ । १६ हजार ६०६ जनाको मृत्यु भएको छ । ५९ हजार १०९ निको भईसकेका छन् भने ८७ हजार ३१२ सक्रिय केस रहेका छन् । ७ हजार गम्भिर अवस्थामा रहेका छन् र ३ लाख ५५ हजारको नमूना परिक्षण गरिएको छ ।

ईटाली इटालीमा अहिलेसम्म १ लाख ५२ हजार २७१ जना संक्रमति भेटिएका छन् । १९ हजार ४६८ जनाको मृत्यु भएको छ । ३२ हजार ५३४ जना निको भएका छन् भने १ लाख २६९ सक्रिय केस रहेका छन् । त्यहाँ ९ लाख ६३ हजार ४७३ को नमूना परिक्षण गरिएको छ ।

फ्रान्स फ्रान्समा अहिलेसम्म १ लाख २९ हजार ६५४ जनामा संक्रमण देखिएको छ । १३ हजार ८३२ को मृत्यु भएको छ भने २६ हजार ३९१ जना निको भएका छन् । त्यहाँ ८९ हजार ४३१ सक्रिय केस रहेका छन् । ६ हजार ८८३ को अवस्था गम्भिर रहेको छ भने ३ लाख ३३ हजार ८०७ को नमूना परिक्षण गरिएको छ ।

जर्मनी जर्मनीमा १ लाख २५ हजार ४५२ मा संक्रमण देखिएको छ । २ जहार ८७१ जनाको मृत्यु भएको छ भने ५७ हजार ४०० निको भएर घर फर्किएका छन् । ६५ हजार सक्रिय केस रहेका छन् भने ४ हजार ८९५ को अवस्था गम्भिर रहेको छ । अहिलेसम्म जर्मनीमा १३ लाख १७ हजार ८८७ को नमूना परिक्षण गरिएको छ ।

चाईना चाईनामा ८२ हजार ५२ जनामा संक्रमण देखिएको छ । त्यहाँ ३३३९ जनाको मृत्यु भएको छ भने ७७ हजार ५७५ जना निको भईसकेका छन् । १ हजार १३८ सक्रिय केस रहेका छन् भने १३९ जनाको अवस्था गम्भिर रहेको छ ।

भारत ८ हजार ४४६ जनामा संक्रमण देखिएको छ । २८८ जनाको मृत्यु भएको छ भने ९६९ जना निको भईसकेका छन् । ७ हजार १८९ सक्रिय केस रहेका छन् । भारतमा १ लाख ८९ हजार १११ को नमूना परिक्षण गरिएको छ ।श्रोतःवल्र्डओमिटर्स डट इन्फो/कोरोनाभाइरस

Facebook Comments