महानगरपालिकाले दियो वडा नं १, २, ३, ४, ११, १६ र १८ मा विभिन्न संस्थालाई खाना खुवाउने अनुमति

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख १५

पोखरा महानगरपालिकाले कोरोनाभाइरसको जोखिम हुन नदिन जारि लकडाउनको अवस्थामा खानपानको समस्यामा परेका नागरिक भोकभोकै हुन नपरोस् भन्ने उदेश्यले विभिन्न संस्थाले वैशाख १० देखि वैशाख २५ सम्म, १५ दिन निःशुल्क खाना खुवाउन मागेको अनुमति अनुसार काम गर्न अनुमति दिएको छ ।

पोखरा वडा नं १, २, ३, ४, ११, १६ र १८ मा निःशुल्क रुपामा खाना खुवाउनका लागि दिएका निवेदनमाथि छलफल हुँदा निवेदन दिएका संस्थाहरुले संस्थाकै खर्चमा सामाजिक दूरी र लकडाउनलाई उल्लंघन नगरि सम्बन्धित वडा कार्यालयसंग समन्वय गरेर काम गर्न अनुमति दिईएको महानगरपालिकाले जनाएको छ ।

खाना खुवाउने संस्थाहरुलाई राज्यको नीति र नियमको पालना गरि स्वस्थकर खाना खुवाउन अनुमति दिईएकोले दैनिक खाना खुवाईएका व्यक्तिको विवरण महानगरमा उपलव्ध गराउन प्रमुख प्रशासकिय अधिकृत ध्रुवकुमार पोखरेलद्धारा जारि अनुमति पत्रमा उल्लेख गरिएको छ ।

पोखरा वडा नं ३ मा नदीपुर यूनाईटेड क्लवले वैशाख २५ गतेसम्मको खाना खुवाउने अनुमति पाएको छ । उक्त क्लवले कोपिलढुंगास्थित वाल विकास केन्द्रमा खाना तयार गरेर पोखरा महानगरपालिकाका विविभन्न वडामा दैनिक खानपानमा समस्या भएकाहरुको लागि खाना वितरण गर्दै आएको छ ।

यसैबीच पोखरा वडा नं ३ का अध्यक्ष रवीन्द्र बहादुर प्रजुले नदीपुर यूनाईटेड क्लवले विषम परिस्थितिमा कोहि भोकै नहोस् भन्दै निःस्वार्थ रुपमा गरेको खाना खुवाउने कामको लागि आभार व्यक्त गर्दै सुरक्षित तवरले संयोजन गर्न आग्रह गर्नुभएको छ ।

Facebook Comments