महरालाई थुनामै राख्ने आदेश उच्च अदालतबाट सदर

काठमाडौं ३ पुस । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ ।

बिहीबार न्यायाधीशहरु नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महराले गरेको पुनरावेदनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

बलात्कारको उद्योगको आरोपमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अनलाइनखबर

Facebook Comments