महराको मुटुमा समस्या, एन्जिओग्राम गरियो

काठमाडौं, २ कार्तिक–संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा एकपछि अर्को समस्या देखिन थालेको छ ।

उच्च रक्तचापको समस्या भएपछि उनलाई पक्राउ गरेको चार दिनपछि नै काठमाडौंको थापाथलीस्थित् नर्भिक ईन्टरनेश्नल हस्पिटलमा राखेर उपचार गराईँदै आईएको थियो । हिजोरातिबाट भने उनको मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ ।

उनलाई जनरल वार्डवाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । महराको मुटुको देब्रेपट्टि केही समस्य देखिएकाले थप उपचार र परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।reportersnepal.com

Facebook Comments