मसाल जुलुस निकाल्ने नेबिसंघका कार्यकता पक्राउ

काठमाडौं कार्तिक २४ । नेपालको भूमि अतिक्रमणको विरोधमा मसाल जुलुसमा निस्किएका नेबिसंघका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ काठमाडौंको प्रदर्शनमी मार्गमा नेबिसंघका विद्यार्थीले मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेको हो ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रहरीले नेविसंघका प्रेम शाही, सैलेन्द्र गौडेल, सुरज सेजुवाल, पन्कज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विस्ट, अनुराग साह, बलराम ढकाल, सन्जिव ढकाल, शिखर खड्का, मनिष खड्का, सुरज नेपाल र मनोज बास्तोलालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका नेविसंघका कार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ। भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेकलगायत ठाउँ परेको भन्दै विरोधका कार्यक्रम हुँदै आएका छन् । खबरहब

Facebook Comments