मनिषाले जितिन् मिस क्विन लेकसिटीको उपाधी

पोखरा २७ असोज । मिस क्विन लेकसिटी २०१९ को उपाधी वागमाराकी मनिषा वरालले जितेकी छन् । उपाधी सँगै उनले २ लाख १७ हजार पर्ने सुजुकी एक्सेस स्कूटर जितेकी छन् । त्यस्तै गरी फस्ट रनर अपको उपाधी शिशुवाकी समृद्धी पाण्डेले जितेकी छन् । उनले उपाधी सँगै ५० हजार वरावरको विदेश भ्रमण जितेकी छन् ।

सेकेन्ड रनर अफ पावर हाउसकी सविना अधिकारीले जितेकी छन् । उनले पाधी सँगै नगद ३० हजार वरावरको विदेश भ्रमण पुरस्कार प्राप्त गरेकी छन् । साथै भ्यूवर च्वाइसको उपाधी लेकसाईडकी कामना भट्टराईले पाएकी छन् ।

पोखरा २७ तालचोक स्थित लेखनाथ महोत्सव हुने चौरमा करिव १५ सय वढी दर्शको उपस्थितीका सम्मपन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काग्रेसका संघिय सांसद् सुर्य वहादुर केसीले नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना दिँदै यस्ता खाले प्रतियोगिताले व्यक्तिव र नेत्तृव विकासमा टेवा पुर्याउने कुरामा जोड दिनु भयो ।

सोही कार्यक्रममा वोल्दै गण्डकी प्रदेशमा सांसद् एवम् अर्थ विकास समिती सभापती दिपक कोइरालाले समज परिवर्तनका संवाहक युवा भएको हुँदा युवाहरु नै अव नेतृव्वमा आउनु पर्ने कुरा वताउनु भयो ।

सोही कार्यक्रममा इलाका प्रशासन कार्यलय लेखनाथका प्रमुख चित्राङ्गत वराल, पोखरा महानगरपालीका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।

प्रतियोगितामा १३ जना र सहभागी भएकोमा १० जनाले विभिन्न उपाधी जितेका थिए । लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक एवम् कार्यक्रम संयोजक सन्दिप पौडेलको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन वर्षा खड्का र प्रतिक सुनारले गरेका थिए ।

Facebook Comments