मनाङमा एम्वुलेन्स सेवा सञ्चालनका लागि चालकलाई अभिमुखिकरण

मंसिर १२, मनाङ-हिमाल पारीको जिल्लाको नामले समेत परिचत गण्डकी प्रदेशको दुर्गम जिल्ला मनाङमा एम्वुलेन्स सेवा सञ्चालनका लागि चालकहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
एम्बुलेन्स सेवालाई ब्यबस्थित रुपमा संचालन गर्न तथा आकस्मिक सेवा प्रवाह गर्ने विषयमा चालकहरुलाई जानकारी दिने, एम्बुलेन्स सेवा संचालन निर्देशीका २०७३ बमोजिम सेवा संचालन भए नभएको सुनिश्चित गर्ने तथा सडक दुर्घटना न्युनिकरण गर्न तथा सडक दुर्घटना व्यवस्थापनमा चालकहरुको भूमिका स्पष्ट गराउने मुख्य उद्धेश्य राखेर स्वास्थ्य कार्यालय मनाङले उक्त कार्यक्रम आयोजना गरेको हो ।
मनाङ जिल्लामा २ वटा एम्वुलेन्स सञ्चालित छन् । विशेष गरी एम्वुलेन्सका चालकहरुको लागि लक्षित यो कार्यक्रममा एम्वुलेन्स चालकका अतिरिक्त सरकारी कार्यालय तथा सुरक्षा निकायका चालकहरुलाई समेत सहभागि हुने व्यवस्था मिलाईएको स्वास्थ्य प्रमुख वद्री आचार्यले जानकारी दिएका छन् ।
कार्यक्रममा चालकले पालना गर्नु पर्ने आचार संहिता, दुर्घटनाका कारणहरु र न्युनिकरणका उपायहरु, दुर्घटनामा क्षति कम गर्न चालकको भूमिका लगाएत विषयहरुमा प्रश्तुतिकरण तथा छलफल भएका थिए ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रहरि निरिक्षक श्रवण कुमार वि.क., मनाङ जिल्ला अस्पतालका मे.सु. प्रतिक घिमिरे तथा स्वास्थ्य प्रमुख बद्री आचार्यले प्रस्तुतिकरण गर्नुभएको थियो ।

Facebook Comments