मनकारी घरबेटी: जसले दिइन् घरभाडामा छुट सगै खाद्यान

पोखरा बैशाख २४

पोखराकीे नारायणी ढकाल ढुङगानाले घरमा डेरा गरि बस्नेहरुको एक महिनाको घरभाडा नलिने घोषण गरेकी छन्।उनले पोखराको नदिपुरमा रहेको आफ्नो घरमा बस्नेहरुको एक महिनाको घर भाडा मिनाहा गर्ने घोषणा गरेका हुन्।पछिल्लो समय घरबेटीले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै घरभाडा मिनाहा गर्ने लहरनै चलेको छ ।

बिश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ माहामारीले गर्दा भएको लकडाउनले सबैलाई समस्या बनाएको छ । ढुङगानाको घरमा २ वटा फ्याटमा बस्ने ५ जनाको परिवारका १५ जना सदश्य रहेका छन्। घरबेटी ढुङगानाले गएको बर्षको चैत्र महिनाको भाडा छुट दिएकी छन् । उनले आफ्ने घरमा बस्नेको भाडा छुटको साथै ५ बोरा चामल समेत दिएकी हुन्।

उनले दिइएको घरभाडा छुट र चामल गरेर करिब ४० हजार बरबारको सहयोग गरेको उनले बाताइन । यस्तो बिषम परिस्थीतिमा आफुले मानबीय पुर्बक सहयोग गरेको साथै सबैलाई आफुले सकेको सहयोग गर्न समेत आग्रह गरेकी छन् ।

Facebook Comments