मध्यान्हसम्म ५१ को मृत्यु, १ लाख २ हजार ४२९ निको, मृतकको संख्या १६ हजार ५५८ पुग्यो

आरजू/अनलाइनअन्नपूर्ण-पोखरा, चैत्र ११

विश्वभर कोरोनाभाइरसबाट प्रभावितहरुको संख्या मंगलबार मध्यान्हसम्म ३ लाख ८१ हजार ७६१ पुगेको छ । २ हजार ९७९ नयाँ केस थपिएका छन् भने १६ हजार ५५८ जनाको मृत्यु भईसकेको छ ।

मंगलवार मध्यान्हसम्म आउँदा १ लाख २ हजार ४२९ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । यस्तै विश्वभर २ लाख ६२ हजार ७७४ वटा कोरोनाभाइरस संक्रमित सक्रिय केसहरु रहेका छन् भने २ लाख ५० हजार ७१२ जनाको अवस्था सामान्य रहेको छ । १२ हजार ६२ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाभाइरस विश्वका १९५ देशमा फैलिएको पाईएको छ भने यो समाचार तयार पार्दासम्म विश्वभर ५१ जनाको मृत्यु भएको छ भने नयाँ केस २ हजार ९७९ थपिएका वल्र्ड ओ मिटर्स डट इन्फोले लेखेको छ ।

आज कुन देशमा कतिको मृत्यु ?

चाईना ७
अमेरिका २९
दक्षिण कोरिया ९
अस्ट्रेलिया १
थाइल्याण्ड ३
मेक्सिको १
पाराग्वे १

Facebook Comments