मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ मा रवीन्द्र पत्नी विद्याको नाम सिफारिस

काठमाडौ कात्तिक ८ । मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि सत्तारुढ दल नेकपाले विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो ।

बुधबारमात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि दुई महिनाअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी रजनी केसीको नाम सिफारिस गरेको छ ।केही समय अघिसम्म सो क्षेत्रमा नेकपाबाट नेता वामदेव गौतमको चर्चा सुनिन्थ्यो । वामदेवले खुलेरै कास्की २ मा चुनाव नलड्ने भनेपछि भट्टराईकै सम्भावना बढि थियो । रातोपाटी

Facebook Comments