मंसिर १४ गतेको उपनिर्वाचन तालिका सार्वजनिक, आयोग तयारीमा

१ कार्तिक,काठमाडौं/कमलमणी पोखरेल-मंसिर १४ गतेका लागि उपनिर्वाचनको समय तोकिएपछि निर्वाचन आयोग तयारीमा जुटेको छ । आयोगले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनक कार्यतालिका सार्वजनिक गरेको छ । मंसिर १४ गते तीनै तह गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

आयोगकाअनुसार प्रतिनिधिसभा र प्रदेश सभाको हकमा कार्तिक २१ गते उम्मेद्वारको मनोनयन दर्ताको मिति तोकिएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको हकमा २१ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरेको छ ।

आयोगले असोज १५ गते स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार २१ गते नै १स्३० देखि बजेसम्म उम्मेद्वारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिने समय निर्धाण गरिएको बताएको छ । २३ गते बिहान ११ बजेदेखि दिउँसो १ ः ३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते नै दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगको चुनावी कार्यतालिका छ । २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने, २४ गते नै दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।

२५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय रहेको छ । त्यस्तै आयोगले स्थानीय तहका लागि कार्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरेको छ । २७ गते दिउसो १स्३० बजेदेखि ३ बजेसम्म उम्मेद्वारको सूची प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको आयोगले जानकारी दिएको छ ।

त्यस्तै २९ गते बिहान ११ बजेदेखि दिउँसो १स्३० बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिने, २९ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगका अनुसार ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने र ३० गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगले मंसिर १ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । आयोगले मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मंसिर १४ गते तीनै तह गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । reportersnepal.com

Facebook Comments