भ्रष्टाचारबिरुद्धको संयन्त्र बनाउन पोखरामा ईन्नोभेसन बुटक्याम्प शुरु , विदेशी सहित ३० जना प्रतिनिधी सहभागी

पोखरा, मंसिर १० । पोखरामा इन्नोभेसन बुटक्याम्प शुरु भएको छ । पश्चिमाञ्चल ईञ्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखरा, नेपाल ईञ्जिनियरिङ एशोसियसन गण्डकी प्रदेश र एफएसयु पश्चिमाञ्चल क्याम्पसको संयुक्त आयोजना तथा नेपाल गो एशोसियसन फिनल्याण्डसँगको सहकार्यमा आइतवार देखी उक्त बुटक्याम्प शूरु भएको हो ।

५ दिन सम्म चल्ने बुटक्याम्पको उदघाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले गर्नुभएको थियो ।कार्यक्रममा कलेज तथा क्याम्पस, सार्वजनिक क्षेत्र, प्रोफेसनल इञ्जिनियर र नेपाल तथा फिनल्याण्ड कम्पनीका गरी ३० जना प्रतिनिधीको सहभागिता रहेको बुटक्याम्प पोखराका संयोजक डा.कृष्णराज अधिकारीले जानकारी दिनुभयो । सहभागी प्रतिनिधीलाई ६ टिममा विभाजन गरी फिनल्याण्डबाट आएका विज्ञहरुले सहजीकरण गरिरहेका छन् ।

बुटक्याम्पको मुख्य उद्धेश्य भ्रष्टाचार पत्ता लगाउने संयन्त्र निर्माण गर्ने र समस्याको समाधान निकालेर उद्यमशिलताको विकास गर्ने रहेको संयोजक अधिकारीले वताउनु भयो । जसका लागि बुटक्याम्प सहयोगी सिद्ध हुने उहाकोे दाबी छ ।

यसैगरी भोली वुधवार विजेता टिमलाई आर्थिक मामिला मन्त्री किरण गुरुङले अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ ।पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा शुरु भएको बुट क्याम्प यही मंसीर १२ गते सम्म चल्ने छ ।

Facebook Comments