भ्रमण वर्ष २०२० :“अरुले गरेनन् त के भयो ? एकिकृत योजनासहित पर्यटन विकासमा लाग्छौं”: बाटुलेचौरवासि युवा

अनलाईनअन्न्पूर्ण/पोखरा ११ पुस

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पोखरा महानगरपाकिा वडा नं १६ बाटुलेचौरका युवा विभिन्न सिर्जनात्मक कामका लागेका छन् ।

भ्रमण वर्षलाई केन्द्रित गरेर महेन्द्र गुफा तथा चमेरे गुफामा पुस १६ गते विशेष कार्यक्रम गर्ने तयारी गरिएकोले त्यसअघि गुफा क्षेत्रदेखि केआई सिंह पुलसम्म सरसफाई कार्यक्रम थालिएकोे गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष गोविन्दवहादुर वस्नेतले बताउनु भयो । शनिवार बृहत सरसफाई कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।

शुक्रवार एक दर्जन युवाको टोलीले गुफा क्षेत्र वरपर स्वतःस्फुर्त जम्मा भएर सरसफाई गरे । उनिहरुले रेडियो अन्नपूर्णसंग भने ः“हामीहरुले अवशर नै पाएनौं, कि त विदेशतिर जानु पर्यो, यहिं बसेर केहि गरौं भन्दा हाम्रा लागि सोच्ने न नेता भए, न महानगरपालिका भयो, उल्टै मापदण्डको घेराबन्दिमा परेका छौं ।” गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष गोविन्दवहादुर वस्नेतले अरुले नगरेपनि अब हामी आफैं काम गर्न कस्सिएको बताउनुु भयो ।

हामीले वाटुलेचौर र सेरोफेरोलाई समेटेर एकिकृत रुपमा पर्यटन विकासको सोंच बनाएका छौं, लामो समयदेखि विन्दवासिनी माविले गुफाको आर्जनलाई भोगचलन गर्दै आईरहेको छ तर गुफा विकासको लागि पर्याप्त लगानि नभएको पाएका छौं, वस्नेतले भन्नुभयो ः“हाम्रो सोंच हो एउटा स्वायत्त पर्यटन समिति होस् र त्यसले पर्यटन विकासका काम गरोस्, जहाँसम्म स्कुलको कुरा छ, त्यो जिम्मा सरकारको हो, हामीले हाम्रो तर्फबाट सहयोग गर्ने दायित्व छदैंछ ।”

पुस १६ गते विहान प्रभातफेरी र सांस्कृतिक कार्यक्रम गरिने संयोजक गुरुदत्त भट्टराईले बताउनु भएको छ । विन्ध्यवासिनी मा.वि, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजना र वडा कार्यालय पोखरा १६ को समन्वयमा सरसफाई, प्रभातफेरीसहित सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

पुस १६ गते विहान महेन्द्र गुफा र चमेरे गुफामा जाने पर्यटकलाई स्वागत सम्मानको कार्यक्रम राखिएको छ भने वाजागाजा झाँकीसहित सारङ्गी र पञ्चेवाजा वजाएर विभिन्न स्थानको परिक्रमा गरिने भएको छ । पर्यटकको लागि महेन्द्र गुफा र चमेरे गुफामा दिनभर सारङ्गी र पञ्चेवाजाका धून प्रस्तुत गरिने भएको छ ।

हाल वडा नं १६ का युवाले गुफा क्षेत्रमा रंगिचंगि ध्वजापताका टाँसेका छन् भने ठाउँ ठाउँमा भ्रमण वर्ष २०२० तथा पर्यटनका सन्देश लेखिएका फ्लेक्स वोर्ड टाँगेका छन् ।

Facebook Comments