भ्रमण वर्ष सफल बनाउन साइकिलिङ

एन पि घायल पर्वत पुस ८ । पर्यटकीय जिल्लाको रुपमा पर्वत यतिखेर चर्चाको शिखरमा छ । अग्लो र लामो झोलुङ्गे पुल, यान्त्रिक पुल, बन्जी जम्प, गुप्तेस्वर गुफा पर्यटकीय आकर्षणको केन्द्र विन्दुमा छन् ।यसै सन्दर्भमा भ्रमण वर्ष २०२० लाई सफल बानाउन साइकिलिङको अवधारणा अगाडी सारिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले कुस्मा नगरपालिका भित्रका सडकहरुमा साइकिलिङ मार्फत पर्यटनलाई थप उचाइमा पुराउनु पर्ने वताए ।
नवदृष्टी डटकमसँगको विशेष अन्तर्वातामा युवा नेता गिरीले साइकिलिङले वातावरणमैत्री मात्र नभई पर्यटन प्रवर्द्धनमा टेवा पुराउने अवधारणा व्यक्त गरेका हुन् ।

अन्र्तवार्तामा भने ‘‘अव कुस्मा वजार भित्रका सडकहरु पर्यटकको मुख्य हव हुनुपर्छ, साकिलिङ मार्फत यहाँका पर्यटकीय महत्त्वका स्थल र क्षेत्र विशेष गरी नेपाल सरकारले मनाउँदै गरेको पर्यटन वर्ष तथा भ्रमण वर्ष २०२० लाई सफल वनाउनका लागि पर्वतका पर्यटकीय स्थलहरुको देश तथा विदेशमा भरपुर मात्रमा प्रचारप्रसार हुनुपर्छ ।’’ काठमाण्डौको ठमेल र पोखराको लेकसाईड जस्तै सुन्दर नगरी कुस्मा पर्यटकीय सहर वन्नुपर्छ । उनले भने धौलागिरीमा प्रवेश गर्ने पर्यटकहरु सर्वप्रथम पर्वतमा टेक्छन्, मुस्ताङ, वाग्लुङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थलहरुमा आउने पर्यटकलाई कुस्माले रोक्न सक्नुपर्छ ।

जिल्लाका अन्य पर्यटकीय गन्तव्यहरुमा पु¥याउन सक्नुपर्छ । यहाँको पर्यावरण स्वच्छ हुनुपर्छ, सफा हुनुपर्छ, मोटरसाईकल र ठुला सवारी साधन भन्दा साईकलको यात्रा ढिलो हुने भएपनि यसले वातावरणमैत्री साथै मानिस स्वयंका लागि फाईदाजनक हुने भन्दै साइकलिङले व्यक्तिलाई मानसिक र शारीरिक स्वच्छता र तन्दुरुस्तता हुने वताए ।

धुलो धुवाँ कम गर्ने अभियानका लागि आँफूले साईकल चढेको समेत गिरीले वताए । गिरीले अगाडी भने– विदेशी पर्यटकहरु साइकलिङ रुचाउँछन्, यहाँका भित्रि सडकहरुमा निर्वाध रुपमा उनीहरुलाई साईकलिङ गर्न दिनुपर्छ ।

आजभन्दा ३ वर्ष अगाडी वजार भित्र वार्ड नम्वर ४, ५, ६ र ७ का सडकहरुमा पिच भएपनि नभएजस्तो देखिन्थ्यो, सडकमा खाल्डाखुल्डी हुन्थे, सडकमा तलाउ हुन्थे जसको मर्मत सम्भारमा संवन्धित निकायको ध्यान पु¥याउनका लागि आफुले विरोधका लागि विरोध नभई सिर्जनशिलता र विकासका लागि सेतो घेरा लगाएको र जसलाई स्थानिय र एभिन्युज टेलिभिजन लगायतका राष्ट्रिय मिडियाले पनि सकारात्मक रुपवाट रिपोर्ट प्रशारण गरेको वताए । उनको भनाइ अनुसार साइकिलिङ मार्फत यहाँका पर्यटकीय स्थलको अवलोकन भ्रमण गर्दा यसले बहुआयामिक महत्त्व रहनेछ ।

वजार भित्रका वाटाहरुमा नाली खन्न देखी लिएर विस्तार र विकासमा नेकपाले पहल गरेको भन्दै चालु वर्षमा सहरी विकास मन्त्रालयको रु ७ करोड भन्दा माथिको वजेट विनियोजन भई कुश्मा बजारका भित्र सडक बन्दै गइरहेको साथै प्रदेश सरकार बाट ४९ ५ करोडको लागतमा वडागाउँको डिलदेखी यान्त्रिक पुल, वञ्जीजम्प हुँदै ढाँडाखोला सम्म निर्माण कार्य अगाडी वढिरहेको औल्याए ।

वजारमा जिल्लामा उत्पादित स्थानिय सामाग्रीहरुको अभाव हुन नहुने भन्दै स्थानिय स्तरमा उत्पादित वस्तुहरु पर्यटकको रोजाईमा पर्ने वताउदै उत्पादकले समेत राम्रो आम्दानी गर्न सक्ने उल्लेख गरे ।

Facebook Comments