भ्रमण बर्षलाई लक्षितगरि कालीगण्डकी नदीमा“क्रुजसिप”सञ्चालन

पोखरा पुस १३ । नेपाल भ्रमण बर्ष २०२० लाइलक्षितगरि कालीगण्डकी नदीमाक्रुजसिप सञ्चालनगरिएको छ । पर्वत,गुल्मी र स्याङजाको संगम स्थलमा कालिगण्डकी जलविधुतआयोजनाकाक्रममा बनेको जलाशयमाक्रुजसिप सञ्चालनमाल्याइएको हो । यस जलयात्राको लम्बाई ७ कि.मि. रहेको छ । २५ लाखको लागतमाईटहरीमानिर्माण गरिएको क्रुजसिप(माउण्ट मकालु पानीजहाज)शालिग्राम कालीगण्डकी जलयातायात (पानीजहाज) कम्पनीप्रा.लि.ले सञ्चालनमाल्याएको हो ।

क्रुजसिपको शनिवार गण्डकी प्रदेशकाउद्योग,पर्यटन,वन तथावतावरण मन्त्रीविकास लम्साललेउद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्रीलम्सालले नेपालमाजलपर्यटनबाट आन्तरिक र बाह्यपर्यटक प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।भ्रमणवर्ष २०२० लक्षित गरी सञ्चालनमाल्याइएको क्रुजसिपले आन्तरिक तथाबाह्यपर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवापुग्ने विश्वास व्यक्तगर्नुभयो ।

मन्त्रीलम्सालले कालीगण्डकी प्राकृतिक, साहसिकतथाधार्मीक पर्यटकीय हिसावले महत्वपूर्ण रहेको चर्चा गर्दै देवघाट,रानीमहल,सेतीवेणी,मोदीवेणी हुदै मुक्तीनाथ सम्मको धार्मीकपर्यटकीय स्थललाई एउटा प्याकेजका रुपमा अगाडी बढाउनुपर्नेमाजोड दिनुभयो ।
कालिगण्डकी गाउँपालिकाकाअध्यक्षखीमबहादुर थापाले पर्यटकी प्रचुर सम्भावनाभएर पनि यस क्षेत्र सधै ओझेलमा परेको बताउदै कालिगण्डकी जलशायमाजलयात्रा सँगै अन्यपर्यटकियगतिविधिहरु बढाउने योजनामाआफुहरु रहेको बताउनुभयो । पर्वतको विहादीगाउँपालिका,स्याङ्जाको गल्याङ नगरपालिका,कालिगण्डकी गाउँपालिकामापर्ने यस क्षेत्रमातिनतहमिलेर पर्यटकीय योजनाबनाई अगाडि बढ्ने बताउनुभयो ।


कालिगण्डकी गाउँपालिका वडा नं. ७मिर्मी बाट शुरु भएको जलयात्राविश्वप्रख्याततथा प्रसिद्ध पर्यटकीय स्थलशिलाशालिग्रामभएको स्थान सेतीवेणी सम्म पुगीन्छ । विश्वकै ठुलो शालिग्रामदर्शन गर्न आउने पर्यटकहरुले जलयात्र गरी मनोरञ्जन प्राप्तगर्न सक्नेछन् । सेतीवेणी बाट मिर्मी सम्मको जलयात्रागर्ने तथाशिलाशालिग्रामदर्शनकालागिमिर्मी बाट जलयात्रागर्ने पर्यटकहरु अब १० मिनेटमै पुग्ने कम्पनीका सञ्चालकचित्रबहादुर रानाले जानकारी दिनुभयो ।
छमहिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनकालागिअनुमतिपाएको यस कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराएतापनितिनमहिनाभित्र १२० ‘सिटर स्मलक्रुज’ सञ्चालनगरिने उहाँले बताउनुभयो ।


यहाँ यस अघि देखिनै ईन्जिन र काठ बाट बनेको ५० देखि १ सयजनामानिसहरु सम्मबोक्न सक्ने क्षमताका १० वटा स्टिम्बर सञ्चालनमा छन् ।उदघाटन कार्यक्रममा कालिगण्डकी गाउँपालिकाकीउपाध्यक्षसावित्रा कोईराला,वडा नं. ५ का वडाध्यक्ष विष्णु बस्याल,गल्याङ नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष मुक्ती प्रसाद भट्टराई,कालीगण्डकी जलयातायात (पानीजहाज) कम्पनीसचिब हरि भट्टराई,संस्थापकअध्यक्षभीष्मराजन्यौपाने लगाएतले कालीगण्डकीमा सञ्चालनगरिएको क्रुजसिपले आन्तरिक तथाबाह्यपर्यटकहरुको आकर्षण थप्ने बताउनुभयो ।

Facebook Comments