भोलिदेखि चिसो बढ्ने सर्तकता अपनाउन आग्रह

पोखरा पुस १७ । आज पानी परेकोले भोलिदेखि चिसो बढ्ने महाशाखाको अनुमान छ । सर्तकता अपनाउन मौसमविदले सुझाव दिएका छन् । काठमाडौं उपत्यका सहित पश्चिमी नेपालमा बिहीबार वर्षा भएको छ । मौसममा आएको परिवर्तनसँगै देशैभर बिहीबार मौसममा बदली रहि उच्च हिमाली भू भागमा हिमपात भएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम परिवर्तनसंगै तराईका अधिकाश जिल्लामा हुस्सु र कुहिरोले गर्दा जननिवन प्रभावित भएको छ। मौसमविदका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ । आज पोखरामा पनि दिन भरि पानी परेको थियो । प्रतिकुल मौसमका कारण पोखराको हवाई उडान र प्याराग्लाइडिङ समेत प्रभावित भएको थियो ।

Facebook Comments